होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मुक्त हलियाकोे अवस्था र समस्या बारे कोल्टीमा छलफल
Breaking News

मुक्त हलियाकोे अवस्था र समस्या बारे कोल्टीमा छलफल

  • नागरिक रैबार
मुक्त हलियाकोे अवस्था र समस्या बारे कोल्टीमा छलफल

धर्मराज सुनार/बाजुरा २ असार। बुढीनन्दा नगरपालिकाको कोल्टीमा मुक्त हलियाको वर्तमान अवस्था र समस्याका बारेमा नगरपालिका भित्रका सरोकारवाला निकाय वीच छलफल गरिएको छ ।
मुक्त हलियाको न्यायिक पुर्नस्थापन हाम्रो अधिकार, सामाजिक न्याय र मानव अधिकार हाम्रो सरोकार भन्ने मुल नाराका साथ छलफल कार्यक्रम कोल्टीमा गरिएको हो ।
स्थानीय तह र सरोकारवालालाइ हलियाको सवालमा साझा बुझाइ गराउने र नगर सभामा छुट हलियाको नितिगत निर्यण गराउने र शिक्षा स्वास्थ्य, रोजगारी, सिप विकासका लागि बजेट विनियोजन गराउने उद्देश्यका साथ कोल्टीमा नगरपालिका स्तरीय छलफल कार्यक्रम गरिएको बतार्ईएको छ ।
नगरपालिका स्तरीय छलफल कार्यक्रममा हरिसि‌ह बोहोराले कार्यक्रमको उद्देश्य सहित आधारपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकाँसं सहभागिहरुले बाजुरामा वास्तविक हलियाका नाममा आएको रकम हलियाहरुले नपाएको र केहि रकम दुरुपयोग भएको बताएका छन । नगरपालिकाका प्राबिधिक ईन्जिनियर र ओभरसियरले हलियाहरुका घरहरुको एमबि, स्टमेट उठाए बाफत प्रत्येक हलियाहरुबाट एकसयको बिल रसिद दिएर एक हजार रुपैयां शुल्क लिने गरेकोमा कार्यक्रममा घोर आपत्ति जनाएका छन ।
यसको छानबिन गर्न राष्ट्रिय मुक्त हलिया महासंघलाई आग्रह समेत गरीएको हलियाहरुले बताएका छन । एच आर सि बाजुराका स्थानीय कार्यक्रम संयोजक खडक सिंहंले हलियाको नाममा बलियाको रजाई भएकोमा अव हलियाहरुले एक भएर लाग्न जरुरी भएको बताएका छन् । साथै उहाँले हलियाका लागि एच आर सि बाजुराले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
त्यस्तै पीसविन बाजुरा सुशासन कार्यक्रम संयोजक जयलाल बिकले हलियाका नाममा आएको रकममा राजनीतिकरण भएको र बास्तबिक हलियाका हातबाट हलो छुटाउने काम नेपाल सरकार र सामाजिक अभियान्ताले नगरेको प्रति दुख ब्यक्त गर्नुभएको छ ।
जयलाल बिकले संञ्चालन गरेको सो छलफल कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नं १० का अध्यक्ष सतबीर बोहोरा राष्ट्रिय हलिया महासंघद्धरा संचालित साहस परियोजना कार्यक्रमका संयोजक तथा अधिवक्ता हरिसिंह बोहरा, लेखा अधिकृत गणेश ताम्राकार, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका कार्यक्रम संयोजक रोशन खड्का, कार्यपालिका सदस्य ईश्वरी बिक, पिसविन सुशाशन कार्यक्रम संयोजक जयलाल बिक, एच आर सि बाजुरा स्थानीय कार्यक्रम संयोजक खडक सिंहं लगायत अतिथि रहनुभएको थियो । छलफल कार्यक्रममा ५० बढी स्थानियको सहभागिता रहेको थियो ।
जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालबिर शार्कीको अध्यक्षतामा संञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दलबहादुर भाट प्रमुख अतिथि रहनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार