होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा सहास नेपालको २४ औं वार्षिकोत्सव
Breaking News

बाजुरामा सहास नेपालको २४ औं वार्षिकोत्सव

सिफल्सको समाप्ति, लिफ्ट परियोजनाको सुभारम्भ

  • नागरिक रैबार
बाजुरामा सहास नेपालको २४ औं वार्षिकोत्सव

नागरिक रैबार/बाजुरा २ भदौ । सहयोगी हातहरुको समूह (सहास) नेपालले बाजुरामा २४ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
वि.स. २०५३ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहास नेपालले आफ्नो २४ औं वार्षिकोत्सव बाजुरामा पनि भव्यताका साथ मनाएको हो ।
सहास नेपालले २४ औ बार्षिक उत्सवको अबसरमा बडिमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा भव्य रुपमा मनाएको हो ।
समुदायमा रहेका लक्षित वर्गहरुको जीवनस्तर सुधारको लागि संस्थागत क्षमता विकास, शसक्तिकरण, आय आर्जन वृद्धि, कृषि, स्वास्थ्य, शिक्षा, र भौतिक पुर्वाधार विकासमा समुदायलाई सहयोग गर्ने लक्ष्यका साथ संस्था स्थापना भएको बताईएको छ ।


सहास नेपालले आफ्नो २४ वर्षको अवधिमा नेपालभरिका २१ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरि १६ वटा परियोजनाहरु संचालन गर्दै आईरहेको छ ।
सहास नेपाललाई १८ वटा आर्थिक साझेदार निकायहरुले सहयोग गर्दै आईरहेका छन् भने संस्थामा १ सय ८५ जनाले रोजगार प्रदान गरिरहेको सहास नेपाल बाजुराका कार्यक्रम अधिकृत देशिन्द्र राईले बताएका छन् ।
२४ औ वर्ष पार गरेको उपलक्ष्यमा सहास नेपाल बाजुराले जिल्ला सदरमुकाम मार्तडीमा रहेको रोयल होटलमा एक औपचारिक कार्यक्रम गरेर मनाएको छ ।
सहास नेपालको २४ औ वार्षिकोत्सव समारोहको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले केक काटेर वार्षिकोत्सवको उद्धघाटन गरेका थिए ।
सिफल्सको समाप्ति, लिफ्ट परियोजनाको सुभारम्भ
खाद्य सुरक्षा र जिविकोपार्जनका लागि सामुदायिक शसक्तिकरण (सिफल्स) परियोजनाको समाप्ति गरिएको छ । स.न. २०१० बाट बाजुरा जिल्लामा पहिलो चरणबाट संचालन भएकोे उक्त परियोजना समाप्त भएको हो ।
परियोजनाले समुदायका लक्षित वर्गहरुको जीवनस्तर सुधारको लागि संस्थागत क्षमता विकास, शसक्तिकरण, आय आर्जन वृद्धि, कृषि, स्वास्थ्य, शिक्षा, र भौतिक पुर्वाधार विकासमा समुदायलाई सहयोग गर्ने लक्ष्यका साथ बाजुरामा सिफल्स परियोजना पहिलो र दोस्रो चरणमा स.न. २०१० देखि २०१५ सम्म जिल्लाको साविक कोटिला, जगन्नाथ, गोत्री, साप्पाटा र बाँधुमा संचालन भएको थियो ।
त्यस्तै सिफल्स परियोजनाले बाजुराको बडीमालिका नगरपालिकाका साविकका ३ वटै बुढीगंगा, मार्तडी र जुगाडा त्यस्तै गौमुल गाउँपालिकाको दहकोट, मानाकोट र खप्तड छेडेदह गाउँपालिकाको आटिचौरलाई कार्य क्षेत्र बनाएर सन २०१६ देखि २०१८ सम्म कार्यक्रम संचालन गर्दै आएको थियो ।
परियोजनाले बिशेष गरी समाजबाट बहिस्कृत र अवसरबाट बन्चित कमजोर परिवार र ग्रामिण स्तरका समुदायलाइ आफ्नो परियोजना अन्तरगत विभिन्न सहयोग गर्दै आईरहेको थियो ।
सिफल्स परियोजना संचालन भएपश्चात बाजुरामा २ वटा संजाल बुढीनन्दा सृजनशिल सामुदायिक विकास मंच र बडीमालिका सामुदायिक विकास मंच गठन र परियोजना अन्तरगत ३ पालिकाका १२ सय २६ घरधुरि लाभान्वित भएका छन् ।
त्यस्तै सहास नेपालले कार्यक्रमलाई निरन्तरता दिनका सिफल्स परियोजनाको समाप्ति पछि स्थानीय प्रयासद्धारा खाद्य सुरक्षा, स्थानान्तरण –लिफ्ट परियोजना पनि संचालन हुन लागेको कार्यक्रममा जानकारी गराईएको छ ।
यस अघि सिफल्स परियोजनाले काम गरेका ३ वटा पालिकामै २०१९ देखि २०२१ सम्मका लागि चौथो चरणमा लिफ्ट परियोजना संचालन गरिने सहास नेपालका कार्यक्रम अधिकृत देशिन्द्र राईले बताएका छन् ।
उनले भने परियोजना अन्तरगत दलित महिला, जनजाति आदिवासी र विपन्न वर्ग लगायतलाई प्रमुख प्राथमिकता दिएर परियोजना संचालन हुनेछ ।
लिफ्ट परियोजना अन्तरगत आगामी डिसेम्बर सम्मका लागि ३ वटै पालिकामा ४० लाख रकम बराबरका विभिन्न क्रियाकलापहरु संचालन गरिने भएका छन् ।
बडीमालिका सामुदायिक विकास मंचका अध्यक्ष मानबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार