होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुरा अस्पताल: एक महिनामा दुई सुत्केरीको मृत्यु
स्वास्थ्य-जीवनशैली

बाजुरा अस्पताल: एक महिनामा दुई सुत्केरीको मृत्यु

  • नागरिक रैबार
बाजुरा अस्पताल: एक महिनामा दुई सुत्केरीको मृत्यु

नागरिक रैबार/भाद्र २६ बाजुरा। जिल्ला अस्पताल बाजुरामा एक महिनामा दुई सुत्केरी महिलाको अकाल मै मृत्यु भएको छ ।
भदौ ७ गते बडीमालिका नगरपालिका वडा नं. ७ जिल्लीकि २१ वर्षीया बसन्ती नेपालीको मृत्यु भएको थियो ।
बसन्ती मृत्यु भएको १८ दिनपछि पुनः भदौ २५ गते साँझ बुढीनन्दा नगरपालिका वडा नं १० कि ३५ वर्षिया निर्मला बोहोराको पनि अस्पतालमै मृत्यु भएको छ ।
दुवै महिलाको सुत्केरी हुने क्रममा अस्पतालकै शैयामा मृत्यु भएको हो । बुधबार मृत्यु भएकी बुढीनन्दा नगरपालिका १० कि निर्मला बोहराको सुत्केरी भईसकेपछी उच्च रक्तश्रावका कारण मृत्यु भएको छ । यस अघि भदौ ७ गते मृत्यु भएकी बसन्ती नेपालीको पनि बच्चा जन्माई सकेको केहि समयमा मृत्यु भएको थियो ।
दुवै जना महिलालाई सुत्केरी गराँउदा चिकित्सकले भ्याकुम प्रयोगरी बच्चा निकालेको बताएका छन् ।आकस्मिक रुपमा शल्यक्रिया गर्ने पुर्वाधार र चिकित्सक हुँदाहुँदै भ्याकुम प्रयोग गरेर बच्चालाइ जवरजस्ती निकाल्न खोज्दा महिलाको ज्यान गएको मृतकका आफन्त बताउँछन् ।
जिल्ला अस्पतालमा आकस्मिक सुत्केरी सेवा दिईदै आएको छ । गर्ववती महिलालाई शल्यक्रिया गरेर समेत बच्चा जन्माउन दक्ष चिकित्सक सहितको ब्यवस्था रहेको छ । ग्रामिण क्षेत्रमा रहेका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवामा सहयोग गर्ने गैरसरकारी एन एस आई भन्ने संस्थाको सहयोगमा डा.दुर्गाराज महर्जन र डाः टिका राई दुईजना विषेशज्ञ डाक्टर समेत कार्यरत रहेका छन् ।
उनिहरु दुवै जना प्रसुति सेवामा कार्यरत रहेका छन् । उनिहरुले कतिपय जटिल सुत्केरीका केसहरुमा सफल भएका पनि छन् ।
तर अनिहरुले मत्यु भएका दुवै जना महिलालाई सुत्केरी गराउँदा अन्य उपाएहरु प्रयोग नगरी भ्याकुम प्रविधी प्रयोग गरेपछि धेरैको जनचासोको विषय बनेको छ ।
मृत्यु भएकि बोहरा सुरक्षित सुत्केरी सेवा लिनका लागि ३ महिना अगाडि जिल्ला सदरमुकाम मार्तडीमा आएकी थिईन् र व्यथा लागेपछि बुधबार दिउसो अस्पतालमा गएकि थिईन त्यस्तै बडीमालिका ७ कि नेपाली पनि सुरक्षित सुत्केरी हुन अस्पतालमा गएकि थिईन् ।
सुत्केरी महिला नेपालीको उपचारका क्रममा मृत्यु भएको समस्या समाधान भएको एक महिना नबित्दै फेरी अर्को सुत्केरी महिलाको मृत्यु भएपछि अन्य गर्भवति महिलाहरु त्रसित भएका छन् ।
बसन्ती नेपालीको मृत्यु हुँदा उनका आफन्तले स्वास्थ्यकर्मिको लापरवाही गरेका कारण मृत्युभएको भन्दै तिन दिन सम्म लास बुझ्न मानेन् । त्यस पछि जिल्ला स्थित सरोकारवालाहरुको सर्वदलिय बैठकमा अस्पताल प्रसासनले आगामि दिनमा सम्वेदनसिलता अपनाउने सहमति भएको थियो । बुधबार मृत्यु भएकी बाेहराको आज विहिवार दाहसँस्कार गरिएको छ ।

यो पनि पढ्नुहोस

जिल्ला अस्पताल बाजुरामा सुत्केरीको मृत्यु

विज्ञापन

उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार