होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बुढीनन्दा नगर कमिटीद्धारा सपथ ग्रहण
राजनीति

नेकपा बुढीनन्दा नगर कमिटीद्धारा सपथ ग्रहण

  • नागरिक रैबार
नेकपा बुढीनन्दा नगर कमिटीद्धारा सपथ ग्रहण

नहकुल जोशी/कोल्टी २५ असाेज। नेकपा बुढीनन्दा नगर कमिटीका सदस्यहरुले सफथ ग्रहण गरेका छन् । नेकपा बुढीनन्दाले आयोजना गरेको सपथ ग्रहण तथा सुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा बाजुराका अध्यक्ष कालिवहादुर शाहीले सपथ नगर कमिटीका सदस्यहरुलाइ सपथ खुवाएका हुन् ।

Image may contain: one or more people, people standing and outdoor

नेकपा बुढीनन्दाका अध्यक्ष जंगविर रोकाया सहित ८१ जना पदाधिकारीले सपथ लिनुभएको छ । सपथ ग्रहण तथा सुभकामना आदान प्रदान कार्यक्रम नेकपाका नेताहरुको बाग्लो उपस्थिति रहेको थियो । नेकपा बाजुराका अध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदश्य तथा प्रदेश सांसद बलदेव रेग्मी, प्रदेश कमिटी सदश्य रंगमान शाही र प्रदेश कमिटी सदश्य तथा पूर्व बाणिज्य तथा आपुर्ती राज्य मन्त्री कर्ण बहादुर विक विशिष्ट अतिथि रहनुभएको थियो ।

विज्ञापन

Image may contain: 5 people, including Naresh Shahi, Janak Bohara and Hikmat Jung Shahi, people sitting

त्यस्तै पूर्व सांसद हिक्मत जंग शाही र पेम्वा गुरुङ, युवा संघका केन्द्रिय महाँसचिव नरेश कुमार शाही लगायत जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै नेताहरुले पाटीलाई बलियो बनाउनका लागि नयाँ नेतृत्वले जनमुखि भएर काम गर्न सुझाव दिएका छन ।

नया कमिटी गठन गरे पछि केहि असन्तुष्टि समेत देखिएकाले नेतृत्वले त्यस तर्फ पनि ध्यान दिन आग्रह सहित सुभकामना आदान प्रदान गरेका हुन । नगर कमिटी सदश्य तुला मल्लले सञ्चालन गरेको कार्यक्रम कोल्टी स्थित शिव मिलन पार्कमा सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार