होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • पत्रकार कार्की माथि भएको हमलाप्रति महासंघको आपत्ती
अपराध

पत्रकार कार्की माथि भएको हमलाप्रति महासंघको आपत्ती

  • नागरिक रैबार
पत्रकार कार्की माथि भएको हमलाप्रति महासंघको आपत्ती

नागरिक रैबार/बाजुरा २ कार्तिक। रेडियो बुढीनन्दामा कार्यरत पत्रकार मोहन कार्कीमाथि भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रेस विज्ञप्ती मार्फत खेद व्यक्त गरेको छ ।

नेपाल पत्रकार महाँसघ बाजुराले आज एक प्रेस विज्ञप्ती जारी गर्दै रेडियो बुढीनन्दामा कार्यरत कार्यरत पत्रकार कार्कीमाथिको हमलाको निन्दा गरेको हो ।महाँसंघले एक जना कलमजीवी पत्रकारमाथि साँघातिक हमला हुनु निकै निन्दनीय र खेतजनक घटना भन्दै अराजक मनोभाव भएकाहरुले गरेको प्रेसमाथिको दमनकारी हमला भनेको छ ।

दैनिक जसो काम सकेर साँझ होटेलमा खाना खाएर कोठा जाने क्रममा केही अराजक मानसिकता बोकेका युवाहरुले मदिरा सेवन गरी झुक्यानमा पारि कोठा जान लागेका बेला एकान्तमा लिएर अब पत्रकारलाई ठीक पार्नुपर्छ, पत्रकारलाई सोधीखोजी सिध्याउनु पर्छ भनि उनीमाथि ढुङगा लात्ति मुक्का प्रहार गरी उनको टाउको, आँखा र शरीरका विभिन्न ठाउँमा गम्भीर चोट पु¥याएर मरणासन्य अवस्थामा वीच सडकको नालीमा छोड्ने अन्यायवाला पिडक तथा दोषीहरुलाई यथाशक्य कानुन बमोजिम हदैसम्मको कडा कारवाहीका लागि सम्वन्धीत निकायको ध्यान केन्द्रीत गर्न चाहान्छौँ विज्ञप्तीमा भनिएको छ ।

विज्ञापन

यसरी एकजना श्रमजीवी पत्रकारलाई जवरजस्ती गरि ज्यानमार्ने नियतले गोप्य ठाउँमा लिएर ढुङ्गा, लात्त्ता, मुक्काले हानी मरणासन्य अवस्थामा पारी कोल्टीको नालीमा फालेर ठाडै कानुनी राज्यको खिल्ली उडाएको प्रष्ट हुन्छ । सुरक्षाका दृष्टिले निकै सम्वेदनशिल ठाउँ कोल्टी एयरपोट तथा बाजुराको दोस्रो ठुलो व्यापारिक केन्द्रमा संचारकर्मी सुरक्षित नहुनु अझ निकै भयावह स्थिति हो ।

एक जना श्रमजीवी पत्रकार विनाकारण मरणासन्य हुने गरि कुटेर नालीमा फालेको घटना देखेको आशंकामा एकजना अर्का सर्वसाधारण नागरिक माथि साँघातिक हमला हुनु गैरकानुनी र अमानवीय कार्य हो विज्ञप्तीमा भनिएको छ ।

पत्रकार महाँसंघ बाजुराका सचिव प्रेम बहादुर विकको हस्ताक्षरित विज्ञप्तीमा महाँसंघले जिल्लामा यस्ताखाले अमानवीय उत्सृङ्खल घटना बाँकी दिनहरुमा नघटुन र समाजमा सुशासन एवं शान्ति अमनचयन कायम गर्न बाजुराली प्रेसजगत सदैव साथमा रहन प्रतिवद्ध छ भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार