होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • पाण्डुसेनबाट फेरी ७६ हजार नगदसहित १४ जना जुवाडे पक्राउ
अपराध

पाण्डुसेनबाट फेरी ७६ हजार नगदसहित १४ जना जुवाडे पक्राउ

  • नागरिक रैबार
पाण्डुसेनबाट फेरी ७६ हजार नगदसहित १४ जना जुवाडे पक्राउ

नागरिक रैबार/बाजुरा ९ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिका ८ पाण्डुसेनस्थित उव्जन रावतको पसलमा जुवा खेलीरहेका १४ जना जुवाडेलाई कोल्टी प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट खटिएको प्रहरी टोलीले बुढीनन्दा नगरपालिका वडा नं. ८ पाण्डुसैन स्थित उब्जन रावतको पसलमा जुवातास खेलिरहेका बेला जुवातासको खालबाट ७६ हजार ४ सय तीस नगदसहित जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पक्राउ पर्नेमा बुढिनन्दा नगरपालिका ८ का उब्जन रावत, मंगल रावत पदम रावत, प्रेम कठायत, कृष्ण जेठारा, राम लाल रावत, लाल ब.कठायत, कर्ण लुहार, दिपक कठायत, पदम बुढा, शिबलाल खठायत, नरेन्द्र कठायत र बुढीनन्दा नगरपालिका ७ का मदन जेठारा र दिनेश कार्की रहेका छन् ।
नगदसहित पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार