होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • नेकपा बाजुराः ९ वटा स्थानीय तहमा कसको कुन नेतृत्व ?
गौमुल

नेकपा बाजुराः ९ वटा स्थानीय तहमा कसको कुन नेतृत्व ?

  • नागरिक रैबार
नेकपा बाजुराः ९ वटा स्थानीय तहमा कसको कुन नेतृत्व ?

नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले बाजुरा जिल्ला अन्तरगतका ९ वटा स्थानीय तहमा समेत अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटीका अनुसार जिल्लाको प्रदेश सभा (ख) अन्तरगत बडीमालिका नगरपालिकामा ३ नं. का वडा अध्यक्ष समेत रहेका वीरबहादुर रावललाई नगर कमिटी अध्यक्ष र पुर्व माओवादी केन्द्रका चन्द्र थापालाई सचिवको जिम्मेवारी दिईएको छ ।

विज्ञापन

त्यसै गरि बुढीगंगा नगरपालिकामा नगर कमिटीमा नरेन्द्र थापालाई अध्यक्ष र भरत बहादुर कुँवरलाई सचिवको नेतृत्व दिईएको छ भने त्रिवेणी नगरपालिकामा अध्यक्ष चन्द्र बहादुर सुनारलाई नगर कमिटी अध्यक्ष र सन्तोष शाहीलाई सचिवको जिम्मेवारी दिईएको हो ।

त्यस्तै दुई गाउँपालिका तर्फ तर्फ खप्तड छेडेदह गाउँ पालिकामा अध्यक्ष गोपाल बुढा र सचिवमा अम्म नाथलाई जिम्मेवारी दिईएको छ भने गौमुल गाउँपालिकामा देवेन्द्र बहादुर रोकायालाई अध्यक्ष र लोकेन्द्र बहादुर रोकायालाई सचिवको नेतृत्व दिईएको छ ।

बाजुरा जिल्लाकै प्रदेश सभा (क) अन्तरगत पर्ने १ नगरपालिका सहित ३ गाउँपालिकामा जस मध्ये बुढीनन्दा नगरपालिमा नगर कमिटी अध्यक्षमा जंगवीर रोकाया र हिक्मत ओडलाई सचिवको जिम्मेवारी दिईएको छ ।

गाउँपालिका तर्फ जगन्नाथमा गणेशराज गिरी अध्यक्ष र गौरीलाल खत्री सचिव, स्वामिकार्तिक खापर गाउँ पालिकामा अध्यक्ष सोवर्ण शाही, सचिवमा देवराज विक र हिमाली गाउँपालिकामा नरजंग मल्ल अध्यक्ष र सचिव हाँस बहादुर मल्ललाई जिम्मेवारी दिईएको नेकपा बाजुराले जनाएको छ ।

तर जिल्लाका ९ वटा स्थानीय तहका ६९ वडाहरुमा भने कसलाइ कुन नेतृत्व दिइएको छ भन्ने खुलन् सकेको छैन ।  नेकपा एकताको लामो प्रयास पछि जिल्लामा नगर तथा गाउँ कमिटीले पुर्णता पाएपछि नेकपाका कार्यक्रर्ताहरु भने खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार