होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३ बैशाख। घरको आगनमा खेलीरहेका बेला लडेर गम्भिर घाईते भएका एक बालकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । मंगलबार जिल्लाको बुढीनन्दा नगरपालिका–७ कालेगडाका महेश कार्कीका ५ वर्षिया छोरा खगेन्द्र कार्की घरको आँगनमा खेलीरहेको बेला लडेर गम्भिर घाइते भएका थिए । घाईते भएका बालकको एकदिनपछि कोल्टीबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी नेपालगंज लगिएको […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्वुलेन्समा नेपालगंजबाट बाजुरा आएका चालक सहित ६ जनालाई क्वारेन्टाइनमा राखिने भएको छ । लकडाउन जारी रहेको समयमा बुधबार विहान गाँउपालिकाद्धारा सँचालनमानमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स चालक सहित ६ जना यात्रुहरु नेपालगंज, सुर्खेत र अछाम हुँदै बाजुरा आएको थियो । उक्त एम्वुलेन्स र चालक […]
नागरिक रैबार/बाजुरा २ बैशाख। जिल्लाको गौमुल गाउँपालिकाले लकडाउनको समयमा पनि गाउँपालिका भित्रका योजनाहरु संचालन गर्ने भएको छ । सरकारले काेरोना भाइरस काेभिड- १९ को सक्रमण फैलिन नदिन लकडाउनलाइ जारी राखेकाे छ । लकडाउनकाे समयमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेकाे भएपनि गाउँपालिकाले भने गाउँपालिका भित्र विभिन्न योजनाहरु सँचालन गर्न लागेकाे हाे । गाउँपालिकाले गत […]
नागरिक रैकार/बाजुरा २ बैशाख। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका पुर्विउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा ८ लाख ८० हजार बराबरको क्षति भएको छ । अविरल वर्षाकै कारण गाउँपालिकाको वडा नं. ७ का ४ जना बाख्रापालक कृषकका हाउडी लेखको छानामा रहेका १ सय १० बाख्राहरुलाई चुलीगाड खोलाले बगाएको हिमालीको धुलाचौरमा रहेको प्रहरी चौकीले बताएको छ […]
बसन्ती नेपाली/ हिमाली २ बैशाख। काेराेना भाईरस काेभिड १९ काे संक्रमणबाट बच्न हिमाली गाउपालिका वडा नं. ७ मा ३ जना बुद्विजिबि तथा समाज सेविले निःशुुल्क मास्क वितरण गरेका छन् । मंगलबार गाउँका तीन जना काला ढाेलि, एेभान ढाेली र रन्दिप ढाेलीले गाउँमा रहेका स्थानीयहरूलाई राेगकाे संक्रमणबाट जाेगिन सहज हाेस भन्ने उदेश्यका साथ गाउँमा रहेका २ […]
नागरिक रैबार/बाजुरा १ बैशाख। बाजुरा जिल्लाका विभिन्न स्थानहरुमा रहेका १ सय ४५ जनाको स्वाव संकलन गरेर काठमाण्डौ लगिएको छ । सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरु सवै जनाको स्वाव संकलन गरेर काठमाण्डौं लगिएको हो । जिल्लाको स्वामीकार्तिक गाउँपालिकाबाट ९० जना, बडीमालिका नगरपालिका स्थित सदरमुकाम मार्तडीबाट ३५ जना र बुढीगंगा नगरपालिकाको टाँटेबाट २० जना गरी १ […]
नागरिक रैबार/बाजुरा १ बैशाख। बडीमालिका नगरपालिका वडा नं. ९ का २० जना एकल महिलालाई दाउरा सहयोग गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ८ बाउली स्थित घामताप्नेमा रहेको थ्रि ए.पि.एस आरामिल उद्योगले वडा भित्रका २० जना एकल महिलालाई दाउरा सहयोग गरेको हो । विश्वभर कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले पटक पटक लकडाउनको समयावधि थप्दै […]
कमिला सार्की/बाजुरा १ बैशाख। हिमाली गाउँपालिका वडा नं. ७ का समाजसेवी दीपचन्द्र उपाध्यायले गाउँका १ सय ७४ परिवारलाई तेल सहयोग गरेका छन् । बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रण गर्न सरकारले लकडाउनको समययावधी बढाउँदै गएपछि स्थानीयहरु समस्यामा परेका कारण उनीहरुलाई तेल वितरण गरिएको उपाध्यायले बताएका छन् । सरकारले जारी गरेको लगडाउनका कारण पसल बन्द […]
नागरिक रैबार/बाजुरा ३० चैत्र। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा एक महिला भिरबाट लडेर घाईते भएकि छन् । घाईते हुनेमा सोही गाउँपालिकाकाको वडा नं. १ मेलतोलाकी अन्दाजि ३२ वर्षिया विश्ना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । उहाँका अनुसार आईतबार विहान गाउँ नजिकैको जंगलमा गाईवस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेर […]
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको बडीमालिका नगरपालिकाका सबै कर्मचारीहरुका तर्फबाट कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ लाख ९४ हजार ६८ रुपैयाँ कोषको खाता न १६९०००००११०१ मा दाखिला गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्न तथा उपचारकोष नगरपालिकाका अधिकृत स्तरका कर्मचारीको ५ दिन र सहायक स्तरकाको ३ दिनको पारिश्रमिक राष्ट्रीय […]
नागरिक रैबार/बाजुरा २६ चैत्र । नेकपाका नेता तथा बाजुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल प्रकाश भट्टलाई टेलिफोन मार्फत धम्की दिएका छन् । अध्यक्ष थापा र लेखापाल भट्ट विचभएको ५४ सेकेन्डको टेलिफोन सम्बाद समामाजिक संञ्जाल मार्फत सार्वजनिक भएको छ । नेकपा नेता समेत रहेका थापाले टेलिफोन कुराकानिमा कर्मचारी भएर […]
नागरिक रैबार/ बाजुरा २६ चैत्र । बाजुरा कोरोना कोभिड १९ को आशंकामा जिल्ला अस्पतालको आइसोलेशनमा राखिएका २० वर्षका युवकको नमुना परिक्षण नेगेटिभ आएको छ । धनगढीमा गरिएको नमुना परिक्षणमा ती व्यक्तिको रिपोट नेगेटिभ देखिएकाे जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । चैत्र २३ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखिएका युवकको स्वाब २४ […]
दयाराम पण्डित । चैत २४ बाजुरा। विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमित पहिचान गर्न बाजुरामा थप स्वास्थ्य स्वयंसेवकको आवश्यकता परेको छ । जिल्लामा कार्यरत २९६ वटा कर्मचारी आ-आफ्नो ड्युटीमा व्यस्त छन् । “ मौजुदा कर्मचारी हेल्थ डेस्क, क्वारेन्टाइन स्वास्थ्य संस्था, ज्वरो क्लिनिक र अति आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्न पुगनपुग छन् । […]
रामबहादुर विक/ बाजुरा २१ चैत्र। बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा धनगढी बाट आएका तिन जनालाई क्वारेन्टाइनमा राखीएको छ । विश्वव्यापी महामारीको रुपमा विकराल बन्दै आएको वेला बुधबार धनगढी बाट आएका तिन जनालाई क्वारेन्टाइनमा राखीएको वडा कार्यलयले जनाएको छ । धनगढीबाट मार्तडीमा पुगेका उनीहरुलाई मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राख्न नमाने पछी आफ्नै वडामा रहेको […]
नागरिक रैबार/बाजुरा २० चैत्र। जिल्लाको बुढीगंगा नगरपालिका स्थित बुढीगंगा नदीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका १ अम्कोट घर भएका करण नेपालीकी ८ वर्षिया छोरी विनिता नेपाली रहेकी छन् । विहिबार दिउसो गाइवस्तु चराउन गएको बेला बुढीगंगा नदीमा पानी खाने बेला चिप्लिएर पानीमा डुवेर मृत्यु भएको स्थानीय पुष्पा पाध्यायले जानकारी […]
नागरिक रैबर/बाजुरा २० चैत्र। बुढीगंगा नगरपालिका वडा नं. ३ स्थित चैतेपिपल आधार भुत विद्यालयको भवनमा १० वेड क्षमताको क्वरेन्टाइन निर्माण गरिएको छ । नगरपालिका वडा नं. ३ को सहयोग र ब्रह्मतोला स्वास्थ्य चौकीकोे समन्वयमा उक्त विद्यालयमा १० बेड क्षमताको क्वोन्टाइन निर्माण गरिएको हो । उक्त स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा १० जनालाई राख्न सकिने वडा नं. […]
नागरिक रैबार/बाजुरा २० चैत्र। बझाङ्ग–बाजुरा सम्पर्क समिति बाजुराले जिल्ला प्रहरी कार्यालय बाजुरालाई सहयोग गरेको छ । बाजुरा जिल्लामा विभिन्न पेशामा आवद्ध रहेका र सो सम्पर्क समितिका पदाधिकारीहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाजुरालाई १ सय पीस मास्क सहित ५ लिटर ह्याण्ड सेनिटाईजर सहयोग गरिएको हो । जिल्ला अस्पताल बाजुरामा फार्मेसी सेवामा कार्यरत रहेका सो सम्पर्क समितिका […]
गगन अयडी/धनगढी २० चैत्र। त्रिवेणी नगरपालिका बाजुराले आपुर्ती समिति गठन गरेको छ । नगरको समग्र विकासका ,राहात लगाएत अन्य समस्याको समाधानको लागी नगरका ९ वटै वडाका वडा अधयक्ष संयोजक रहने गरी समिति गठन गरीएको त्रिवेणी नगरपालिका बाजुराका मेयर रामसिंह रावले वताए । मेयर रावलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । यो समिति […]
नागरिक रैबार/बाजुरा १९ चैत्र। ‘नेपाल स्टार’ सिङगिङ रियालिटी सो को धनगढी अडिसनबाट बाजुराका दुईजना छनोट भएका छन् । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ सूरु भएको नेपाल स्टारमा धनगढीको अडिसनबाट बाजुराको बडीमालिका नगरपालिका वडा न. ८ का विनोद थापा र बुढीनन्दा नगरपालिकाका धर्वेन्द्र सुनार छनोट भएका हुन् । उनीहरु दुवै जनाले गत शनिवार राती […]
नागरिक रैबार/बाजुरा १८ चैत्र। जिल्ला अस्पताल बाजुराको आईसोलेसन वार्डमा एक जनालाई भर्ना गरिएको छ । १६ बर्षिया बालक कोरोना भाइरस (कोभिड १९) को संकाष्पद देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् । उहाँका अनुसार भर्ना गरिएका बालकको अबस्था सामान्य रहेको छ । उनको भोलि नमुना […]