होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बाजुराका नेता नयाँरामको घटनाका आरोपित अदालतबाट रिहा
राजनीति

नेकपा बाजुराका नेता नयाँरामको घटनाका आरोपित अदालतबाट रिहा

  • नागरिक रैबार
नेकपा बाजुराका नेता नयाँरामको घटनाका आरोपित अदालतबाट रिहा

नागरिक रैबार/बाजुरा १० बैशाख। नेकपा बाजुराका नेता नयाँराम विकको मृत्युको घटनाका आरोपित जगन्नाथ गाउँपालिकाका पाँचजनालाई बाजुरा जिल्ला अदालतले रिहा गरेको छ ।

बाजुरा जिल्ला अदालतमा माननीय जिल्ला न्यायाधीश श्री माधव प्रसाद घिमिरे ज्युको ईजलासले सोमबार नेता विकको घटनामा संलग्न आरोपित जगन्नाथ गाउँपालिकाका गोपी कामी र चन्द्र शार्कीलाई जनही ३० हजार सहित धरौटीमा रिहा गरेको छ । त्यस्तै घटनाका आरोपित मध्येकै मिमा बुढा र दुईजना बालकलाई अभिभावकको जिम्मा लगाईएको छ भने घटनामा आशंका गरिएका अन्य तिन जनालाई साधारण तारिखमा छोडेको बुझिएको छ ।

सोमबार धरौटी र साधारण तारिखमा रिहा भएका पाँचै जनालगायत अन्य ३ जना नेता विकको घटनामा सलग्न रहेको भन्दै मृतकका विकका काका जगरे सार्कीले पाँचै जना विरुद्ध कर्तव्य ज्यान सम्वन्धि कसुर मुद्धामा गत चैत्र १० गते जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गराएका थिए ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय बाजुराले नेता विकका काकाले दिएको मुद्धाको आधारमा उनीहरुलाई गत चैत्र १० गते पक्राउ गरेर करिव एकमहिनासम्म अनुसन्धान गरेको थियो । सोमबार उनीहरुलाई बाजुरा जिल्ला अदालतमा थुनछेक बहसपछि रिहा गरिएको हो ।

मृतक नयाँ राम विकको पक्षधर भएर सरकारी वकिल कार्यालयका सहायक न्यायधिबक्ता श्रीधर अर्याल रहेका थिए भने विपक्षीको तर्फबाट अधिवक्ता हर्क खडायतले बहस गरेका थिए ।

नेता बिक गत चैत्र ७ गते शुक्रबार बिहान जगन्नाथ गाउँपालिका वडा नं. ५ बामनजीउलाको घोडेढुङ्गा स्थित मिमा बुढाको घरको आँगनको खलामा फेरुवाको ओछ्यान लगाई पाल ओढी ढाकिएको अवस्थामा मृत फेला परेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार