होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा १ हजार ७५ जनाको र्यापिट टेष्ट परिक्षण गरियाे
देश/प्रदेश

बाजुरामा १ हजार ७५ जनाको र्यापिट टेष्ट परिक्षण गरियाे

र्यापिट टेष्टलाई लाई तिव्रता दिर्दै जिल्ला स्वास्थ्य कार्यालय बाजुरा

  • नागरिक रैबार
बाजुरामा १ हजार ७५ जनाको र्यापिट टेष्ट परिक्षण  गरियाे

रामबहादुर विक/बाजुरा १५ बैशाख । बाजुरामा १ हजार ७५ जनाको र्यापिट टेष्ट परिक्षण गरिएकाे छ । बाजुरामा बैशाख ४ गते बाट र्यापिट टेष्ट परिक्षण  सुरु गरिएको थियाे ।

जिल्ला स्वास्थ्य कार्यलय बाजुराका अनुशार जिल्लाका ९ वटै स्थानीय तहहरुमा र्यापिट टेष्ट परिक्षण तिव्र गतिमा भईरहेको छ ।

जिल्ला भन्दा बाहिरबाट आएका व्यक्तिहरुलाई मात्र र्यापिट टेष्ट गर्ने भनीएता पनी सेल्फ क्वारेन्टाइन र क्वारेन्टाइमा राखिएका व्यक्तिहरुलाई परिक्षण गरिरहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराको प्रमुख दयाकृष्ण पन्तले बताउनु भएको छ ।

विज्ञापन

उहाँका अनुशार जिल्लाका ९ वटै स्थानियतह गरी १ हजार ७५ जनालाई र्यापिट टेष्ट गर्दा सवैको जनाको रिर्पोट नेगेटिभ आएको बताउनु भएको छ ।

र्यापिट टेष्ट परिक्षण गर्न पहिलो चरणमा सवै स्थानियतहका स्वास्थ्य प्रयाेगशालाका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरी परिक्षण गरिरहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख पन्तले बताउनु भयो ।

पिसिआर मार्फत परिक्षणका लागी स्वामिकार्तिक , बडिमालिका , बुढिगंगा र त्रिवेणी नगरपालिकामा जिल्ला स्वास्थ्य कार्यलय बाजुरा बाट स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यलय प्रमुख पन्तले बताउनु भएको छ ।

आज सम्मको तथ्याक अनुशार बाजुरा जिल्लामा २ सय २२ जना महिला र ८ सय ५१ जना पुरुष गरी जम्मा १ हजार ७५ जनाको र्यापिट टेष्ट मार्फत परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

जिल्लामा ११ सय र्यापिट टेष्ट आएको र सवै प्रयोग गरेर सिधिसकोको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनु भएको छ ।

अरु जिल्ला भन्दा बाजुरामा र्यापिट टेष्ट परिक्षण अगाडी बढाई रहेको र अहिले र्यापिट टेष्ट सिधिएको हुदा अली ढिलाई भइरहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार