होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका स्वास्थ्यकर्मीलाई अमेरिकाबाट सहयाेग
समाचार

बाजुराका स्वास्थ्यकर्मीलाई अमेरिकाबाट सहयाेग

  • नागरिक रैबार
बाजुराका स्वास्थ्यकर्मीलाई अमेरिकाबाट सहयाेग

नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुरा जिल्लाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि अमेरिका बस्ने बाजुराकै एक चेलीले सर्जिकल मास्क सहयाेग गरेकि छन् ।

हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीहरूले मास्क समेत नपाएको बेला उनले स्वास्थ्यकर्मीहरूका लागि १८ सय सर्जिकल मास्क सहयाेग गरेकि हुन् ।

बाजुराको बुढिगंगा नगरपालिका १ कुडि घर भइ हाल अमेरीकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वरी सिंहले बाजुराका स्वास्थ्यकर्मीका लागि १८ सय सर्जिकल मास्क सहयाेग गरेकाे पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहले बताएका छन् ।

विज्ञापन

पत्रकार सिंहका अनुसार हेल्थ डेस्कमा चेकजाँचमा खटिने स्वास्थ्यकर्मीलाई भन्दै ४० हजार बराबरका १८ सय पिस सर्जिकल मास्क सहयोग गरेकि हुन् ।

पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पाटन अस्पतालमा एमबिबिएस अध्यनरत बिद्यार्थी धनेन्द्र शाहीको समन्वयमा अमेरिका बाट भाग्यश्वरी सिंहले सहयोग गरेकी हुन ।

उनले सहयाेग गरेका मास्कहरू बुढिनन्दा नगरपालिकामा ४ सय, स्वामिकार्तिक खापर गाँउपालिका ३ सय, जगन्नाथ गाँपालिकामा ३ सय हिमाली गाँउपालिका ३ सय मास्क हस्तान्तरण गरिएको छ ।

त्यस्तै त्रिवेणी नगरपालिकामा ३ सय र बुढिगंगा १ मा रहेको स्वास्थ्य केन्द्रलाइ २ सय मास्क हस्तान्तरण गरिएको छ । उपलब्ध भएका मास्कहरू पत्रकार महासंघका अध्यक्ष सिंहले स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेका छन् ।

बाजुराका स्वास्थ्यकर्मीका लागि मास्ककाे समन्वय गर्ने धनेन्द्र शाहीले भने मास्क समेत नभएको समाचार सुनेपछि स्वास्थ्यकर्मीलाई केही समयका लागि सहयोग होस भन्ने उद्देश्यले साथिहरुको समन्वयमा सहयोग गरेका हाैं । शाहिको घर बाजुराको स्वामिकार्तिक गाँउपालिका ३ जुकोट हो ।

अमेरिका बस्ने भाग्यश्वरी सिंहले भनिन्, आफु अमेरिकमा भएपनि आफ्नो जिल्लामा जोखिममा स्वास्थ्यकर्मीले काम गरिरहेको समाचार सुनेपछि सहयोग गरेको वताईन्, साथै आफु पनि नर्सिङ्ग पेशामा कार्यरत भएकाले थोरै भएपनि सहयोग गरेको उनले बताईन् ।

बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक आमेजंग शाहिले भने मास्क सहयोग बाट स्वास्थ्यकर्मीलाई ठुलो सहयोग भएको बताए ।

बाजुरामा स्थापना भएको हेल्थ डेक्समा मास्क र ज्वरो नाप्ने आइआर थर्मामिटर पनि नभएकाे पाईएकाे छ । बाजुरा जम्मा २१ वटा हेल्थ डेस्क, १५ वटा क्वारेन्टाइन र २ वटा आइसोलेसन कक्ष भएपनि अधिकांश हेल्थ डेक्समा मास्क समेत नभएको पाईएको छ ।

सुदूूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) संक्रमण निगरानि तथा रोकथाम सम्बन्धि हेल्थ डेक्स संचालन मार्गदर्शन २०७६ तयार गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार