होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका नगरले बाँड्याे पत्रकारहरूलाई मास्क, सेनिटाईजर र सावुन
Breaking News

बडीमालिका नगरले बाँड्याे पत्रकारहरूलाई मास्क, सेनिटाईजर र सावुन

  • नागरिक रैबार
बडीमालिका नगरले बाँड्याे पत्रकारहरूलाई मास्क, सेनिटाईजर र सावुन

नागरिक रैबार /बाजुरा १० बैशाख। जिल्लाकाे बडीमालिका नगरपालिकाले बाजुरामा कृयाशिल पत्रकारहरूलाई मास्क र स्यानिटाइजर र सावुन सहयाेग गरेकाे छ ।
नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट र प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बुधबार नेपाल पत्रकार महांसघ बाजुरा शाखाका सचिव प्रेम विकलाई उक्त सामग्री सयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

विश्वमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा जनतालाई सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई नगरपालिकाबाट उक्त सामाग्रीहरू सहयाेग गरेकाे नगरप्रमुख पदम बडुवालले बताएका छन् ।उनले भने, “बाजुरा जिल्लामा क्रियाशील संचारकर्मीहरूकाे स्वास्थ्य सुरक्षाकाे स्थितिलाई मध्ये नजर गर्दै जिल्लामा कृयाशिल रहेका सवै सञ्चारकर्मीलाई पुग्ने गरि उक्त सामाग्री सहयाेग गरेका हाै।”

जिल्लाका विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूलाई नगरपालिकाले उपलव्ध गराएका सामाग्रीहरू पत्रकार महासंघले वितरण गर्ने महासंघका सचिव प्रेम विकले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार