होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दाकी उपप्रमुख रेग्मी सहित पाँच जनाले क्वारेन्टाइनमा बस्न मानेनन्
समाचार

बुढीनन्दाकी उपप्रमुख रेग्मी सहित पाँच जनाले क्वारेन्टाइनमा बस्न मानेनन्

स्थानियले जनाए आपत्ति

  • नागरिक रैबार
बुढीनन्दाकी उपप्रमुख रेग्मी सहित पाँच जनाले क्वारेन्टाइनमा बस्न मानेनन्

जीवन कैला/कोल्टी ९ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा भित्रिएका पाँच जना नगरपालिकाको क्वारेन्टाइनमा नवसेको पाईएको छ । बुढीनन्दा नगरपालिकाको औषधि लिन नेपालगञ्ज गएको बुढीनन्दा यातायात सेवा प्रालिको जनता एक्सप्रेस गाडिमा नेपालगञ्ज, धनगढि बाट बाजुरा आएका नगरपालिकाका उपप्रमुख श्रृटी रेग्मी सहित अन्य पाँच जना स्थानिय नगरपालिकाको क्वारेन्टीनमा नवसेको स्थानिय लालबहादुर रोकायाले गुनासो गर्नुभएको छ ।

सुदुर पश्चिम प्रदेशको ०१००१ ज १२०८ नम्वरको गाडिमा नगरपालिकाका उपप्रमुख रेग्मी, बुढीनन्दा नगरपालिकाका स्वास्थ्य सहसंयोजक ओमजङ्ग शाही, गाडि चालक सुवास मल्ल, लगायतका पाँच जना स्थानिय क्वारेन्टीमा बस्ने सत्रमा आएका भए पनि उनिहरु क्वारेन्टाइनमा नवसि सिधै आआफ्नो घरमा गएको पाईए पछि स्थानियले आपत्ति जनाएका हुन ।

एउटै गाडीमा संगै आएका उनिहरु सबको स्वास्थ्य परीक्षण नगरीएको र स्वास्थ्यकर्मीको सुझाव सल्लाह अनुसार क्वारेन्टाइनमा नवसि बजारमा आजत जावत गरेका पाईएको छ । कोभिड १९को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रतिवन्धित लकडाउनको समयमा जिल्ला बाहिर बाट आएका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण अनिवार्य गर्नु पर्ने भनिए पनि उहाँहरुले मनोमानित ढङगले नियम विपरीत कार्य गरेको पाईए पनि नगरपालिका मौन देखिएको छ ।

विज्ञापन

जिल्ला वाहिर बाट आएका ब्यक्तिको लगत संकलन गरी स्वास्थ्य चेकजाँच पश्चात अनिवार्य क्वारेन्टीमा राख्नु पर्ने भनिए पनि तर स्थानिय सरकार र प्रशासनले त्यसो नगर्दा जिल्लामा कोरोना भाईरसको संक्रमण फैलिन सक्ने आशंका देखिएको नागरीकले बताएका छन ।

कोरोना भाईरसको उच्च संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले जिल्ला वाहिर बाट आएका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेको भए पनि बाजुरामा भने स्थानिय सरकारका जनप्रतिनिधि लगायत सरोकारवाला ब्यक्ति बाटै नियम उल्लंघन हुँदा स्थानियले आपत्ति जनाएका हुन ।

नगर उपप्रमुख रेग्मी संगै एउटै गाडिमा आएका स्थानियलाई क्वारेन्टाइनमा वस्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले पास उपलब्ध गराएको भए पनि कुनै पनि यात्रुहरुले क्वारेन्टाइनमा बस्नका लागि नगरपालिका संग समन्वय नगरी वजारमा आवत जावत गरेका र जिल्ला प्रशासन कार्यालयको निर्देशन पालना नगरेको नगरपालिकाले जनाएको छ ।

यता बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरीले भने आफुलाई कुनै पनि जानकारी नभएको बताउनुभएको छ । नगरपालिकाको औषधि लिनका लागि गाडि नेपालगञ्ज गएको तर गाडिमा को को आए भन्ने वारेमा आफुलाई कुनै आधिकारीक जानकारी नभएको बताए ।

नगरपालिकाका उपप्रमुख श्रृष्टी रेग्मीले भने आफु सुरक्षित होम क्वारेन्टीनमा बसेको र अरुले के गरे आफुलाइ कुनै जानकारी नभएको बताउनुभएको छ । जिल्ला वाहिर बाट आएका ब्यक्तिहरुमा कोरोना भाईरसको आशंका हुने भएकाले उनिहरुको स्वास्थ्य परीक्षण गर्नका लागि नगरपालिकाले क्वारेन्टिनमा राखि उपचार गर्ने ब्यवस्था गरेको भए पनि हिजो जिल्ला वाहिर बाट गाँउ भित्रिएका उनीहरु नगरपालिका संग कुनै समन्वय र सम्र्पक नगरेको नगरप्रमुख गिरीले बताए ।

उता जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यापानेले उहाँहरुलाई अनिवार्यरुपमा १४ दिन सम्म क्वारेन्टीन र सात दिन सम्म होम क्वारेन्टीनमा बस्ने सर्तमा पास दिएको बताउनुभयो । उहाँले जनप्रतिनिधि बाटै नियम उलंघन गरी उहाँहरु क्वारेन्टीनमा नवसेको पाईएको खण्डमा कानुनि कारवार्हि गरीने पनि बताए ।

बुढीनन्दा नगरपालिकाले जिल्ला वाहिर बाट भित्रिने ब्यक्तिहरुमा कोरोना भाईरसको आशंका हुने भएकाले उनिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखि स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था गरेको भए पनि साना तिना वर्गलाई ऐन र ठुला वर्गलाई चैन हुने भएको स्थानियले आरोप लगाएका छन । उसोत केहि दिन अघि मात्रै औषधि गरेर घर फर्केका बुढीनन्दा नगरपालिका वडा नं एकका दुई जना स्थानियलाई भने नगरपालिकाले क्वारेन्टाइनमा राखिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार