होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दाका अतिविपन्नको पहिचान गरी राहात वितरण गर्नु पर्ने नेकपा वडा संगठन कमिटीको माग
समाचार

बुढीनन्दाका अतिविपन्नको पहिचान गरी राहात वितरण गर्नु पर्ने नेकपा वडा संगठन कमिटीको माग

  • नागरिक रैबार
बुढीनन्दाका अतिविपन्नको पहिचान गरी राहात वितरण गर्नु पर्ने नेकपा वडा संगठन कमिटीको माग

जीवन कैला

बाजुरा कोल्टी १२ बैशाख
नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढिनन्दा नगर संगठन कमिटिले बुढीनन्दा नगरपालिका भित्र राहात पाउन छुटेका अतिविपन्न ब्यक्ति तथा परिवारहरुको लगत संकलन गरी राहात वितरण गर्न नगरपालिकासंग माग गरेको छ ।
नेकपा बुढिनन्दा वडा संगठन कमिटीले नगरको वडा नं एक भित्रका राहात पाउन योग्य केहि ब्यक्ति छुटेकाले उनीहरुको लगत संकलन गरी राहात वितरण गर्नु पर्ने मागपत्र मार्फत जनाएको छ ।
नेकपा बुढिनन्दा वडा संगटन कमिटीका अध्यक्ष खडक विष्टको अध्यक्षतामा बैठक बसी वडा नं एक भित्रका अति विपन्न परिवारको लगत संकलन गरी राहत वितरण गर्न माग गरेको सदस्यहरुले बताएका छन् ।
नेकपा बुढिनन्दा वडा संगठन कमिटीले वडा नं एक भित्रका अतिविपन्न, गरीव, दलित जनजाति लगायतका नागरिक जस्ता राहत पाउन योग्य ब्यक्ति छुटेकाले उनीहरुको तत्काल लगत संकलन गरी राहात वितरण गर्नु पर्ने माग सहितको पत्र नगर पेश गरेको नेकपा वडा संगठन कमिटिले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढिनन्दा वडा संगठन कमिटीले आपतकालिन बैठकले वडा भित्रका राहत पाउनबाट छुटेका १ सय सात अति विपन्न परिवारको नाम सहित लगत संकलन गरी नगरपालिकामा पेश गरेको नेकपा वडा संगठन कमिटिका अध्यक्ष खडक विष्टले जानकारी दिनुभएको छ ।
एकै प्रकृतिका हलिया खलिया, दलित, गैर दलित दैनिक ज्याल मजदुरी गरी खाने वर्गहरुले राहातमा नसमेटीए खण्डमा विरोधका कार्यक्रमहरु गरीने र वडामा वितरण गरीने राहात सर्वदलिय र सर्वपक्षिण निर्णय विना वितरण गरीएमा भोलि हुने त्यसको क्षति तथा अप्रिय घटनाको जिम्मेवार सम्वन्धित नगरपालिका र वडाले जिम्मेवार हुनुपर्ने नेकपा बुढिनन्दा वडा संगठन कमिटीले जनाएको छ ।

हाल विश्वभरी फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथामका कारण वन्दावन्दीमा प्रभावित भएका वडाका अति विपन्न, एकल महिला, दैनिक ज्याला मजदुरी गरीखाने वर्गलाई समेटी राहत वितरण गरीनुपर्ने, स्थानिय, प्रदेश र संघिय सरकारबाट उपलब्ध भएका विभिन्न खालका राहत वितरण कार्यक्रमहरु एकद्धार प्राणालीबाट राहात वितरण गरीनुपर्ने माग गरीएको नेकपा वडा संगठन कमिटीका पदाधिकारीद्धारा हस्ताक्षरित माग पत्रमा उल्लेख गरीएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार