होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • स्वामीकार्तिकले सुरु गर्यो जिल्ला बाहिर रहेकालाई राहत वितरण
समाज

स्वामीकार्तिकले सुरु गर्यो जिल्ला बाहिर रहेकालाई राहत वितरण

  • नागरिक रैबार
स्वामीकार्तिकले सुरु गर्यो जिल्ला बाहिर रहेकालाई राहत वितरण

अनिल शाही/काेल्टी २१ बैशाख। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आज देखि राहात वितरण गर्न सुरु गरेको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा परेका मजदुर, श्रमिक, विरामी र विद्यार्थि लगायतका स्थानियको लगत संकलन गरी आर्थिक रकम सहयोग गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाहीले बताउनुभएको छ ।

लकडाउनका कारण समस्या र अलपत्र अवस्थामा परेका स्थानियको लगत संकलन गर्ने कार्य सुरु भएकाले गाउँपालिका भित्रिका विभिन्न समस्यामा परेका नागरीकले तत्काल राहात पाउने गाउँपालिकाका सूचना अधिकारी कुमेर बहादुर शाहीले बताउनुभयो ।

विज्ञापन

अध्ययन अध्यापन तथा कामको शिलशिलामा देशका विभिन्न ठाउँमा गएका र आर्थिक अभावका कारण समस्यामा परेका गाउँपालिकाका स्थानिहरुको लगत संकलन गरी आज मात्र १ लाख ४० हजार ५ सय नगद पठाएको त्रिचन्द क्याम्पसका विद्यार्थी नेता विकाश जङ्ग शाहीले बताउनुभएको छ ।

धनगढीमा समस्यामा परेका ४३ जना, नेपालगञ्जमा ९ जना र काठमाण्डांैमा १२ जना गरी जम्मा ६४ जना स्थानियका लागि सो रकम पठाएको उहाँले बताउनुभएको छ ।

धनगढीका लागि सम्पर्क ब्यक्ति देवेन्द्र शाहीको नाममा ९६ हजार, नेपालगञ्चका लागि गौरव शाहीको नाममा १८ हजार, काठमाण्डौंका लागि जेलर शाहीको नाममा २४ हजार र मान रोकायालाई २ हजार ५ सय नगद पठाएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका वास्तविक समस्यामा परेका स्थानियको पहिचान गरी आर्थिक रकम सहयोग गर्ने बताउदै गाउँपालिकाका अध्यक्ष शाहीले रोजगारी भएका र जिल्ला वाहिर स्थायी घर भएका स्थानियलाई राहात वितरणमा नसमेटीने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा राहात विरणमा अनियमितता भएको भन्दै अफवाहा फैलाने अराजक तत्वहरुको पछि नलाग्न आग्रह गर्दै गाउँपलिकाका अध्यक्ष शाहीले अफट्यारोमा परेका विद्यार्थि, श्रमीक वर्ग र विरामीहरुलाई भेदभाव नगरी एक नासले राहात वितरण गर्ने प्रतिवद्धाता जनाउनुभएको छ ।

जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई राहात वितरणमा अनियमियता गरेको र राहात वितरण गर्ने गरेको निर्णयलाई पार्टीको निर्णय गरेको भन्दै कहि तत्वले आफुलाई जोडेर नभएको कुरालाई हल्ला फैलाएको भन्दै आपत्ति जनानुभएको छ ।

लकडाउनको समस्याका कारण एकै ठाउँमा राहात वितरणमा असजिलो हुने भन्दै गाउँपालिकाले सम्पर्क ब्यक्ति मार्फत समस्यामा परेका स्थानियलाई राहात उपलब्ध गराउने भएको हो ।

उनिहरुको नागरीकता, परीचय पत्र र भरेको फर्मको आधारमा उनिहरुले आर्थिक रकम पाउने भएका छन । आफुलाई सजिलो हुने ठाँउका स्थानियले सम्पर्क ब्यक्ति संग समन्वय गरी राहात लिनहुन पनि अनुरोध गरीएको छ । जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका विद्यार्थि, श्रमिक, दैनिक ज्याला मजदुरी गरी खाने र औषधि उपचार गर्न गएका विरामीहरुको लगत संकलन भए पश्चात उनिहरुलाई आज बाट राहात स्वरुप आर्थिक रकम सहयोग गर्न थालिएको बताईएको छ ।

औषधि उपचार र कामको शिलशिलामा विभिन्न शहरमा गएका र वन्दावन्दिका कारण घर फर्किन नपाएका खान, वस्न समस्यामा परेका स्थानियको लगत संकलन गरी प्रति विद्यार्थिलाई २ हजार, श्रमिक वर्गलाई २ हजार ५ सय र विरामीलाई ३ हजारका दरले गाउँपालिकाको आन्तरीक स्रोत बाट राहात स्वरुप आर्थिक रकम उपलब्ध गराउने गाउँकार्यपालिकाको कार्यालयले निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार