होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • अप्ठ्यारो गोरेटोमा अड्किएको छ गरिबको जीवन
बाजुरा बिशेष

अप्ठ्यारो गोरेटोमा अड्किएको छ गरिबको जीवन

  • नागरिक रैबार
अप्ठ्यारो गोरेटोमा अड्किएको छ गरिबको जीवन

सल्लाह गरेझै गरेर आएको कोरोनाले मानव जातिमा उथलपुथल पारिरहेको छ।मानिसहरू त्रसित भएका छन । यसलाई रोकथाम गर्न सरकारले ठोस कदम चाल्नु पर्छ।

करिब आजभन्दा दुई /तीन महिना अगाडि त राम्रै सङ्ग थाहा थियो सरकार चलाउनेलाई हल्ला चलेको र यो तीब्र रुपमा फैलिने महमारी हो भनेर।साय त्यतिबेलै सोच्नु पर्थ्यो अब सरकारले होशियार पुर्बक कोरोना विरुद्ध लड्ने योजना बनाउनु पर्छ भन्ने कुरा।

तर कुरा उल्टो भयो तयारी गर्नु साटो कानमा तेल हालेर बसिरहे सरकार चलाउनेहरु। बन्द गरेनन् अन्तर्राष्ट्रिय उडान र नेपाली नाकाहरु। लकडाउन भन्यो गरिबलाई लाग्यो,सिमाबर्ती क्षेत्रमा आएर बसेका गरिब जनतालाई लाग्यो लकडाउन! मान्छे झै सल्लाह गरेर आउदैन थ्यो रोगब्याध तर कोरोना बाजा बजाएरै आउँदा पनि पचाइरहे यो कुरा।

विज्ञापन

चिनका रास्ट्रपतिले पटकपटक अस्पतालमा पुगेर बिरामी भेटिरहे, इटालीको सडकमा पैसा छरेको कुरा हामी जताततै देख्न र सुन्न पाउछौ।यो कुराले पैसा मात्र सब कुरा रहेनछ भन्ने संदेश दिन्छ।तरपनी हाम्रा शासकहरु औषधि वा अन्य मेसिन खरिदमा कमिसनको पोखरीमा पौडिरहेको समचार सूनिन्छ ।

हुन त बिगत देखि बर्तमान सम्म गरिब,निमुखा र सिमान्तकृतहरुका लागि समाजमा उब्जेकै थियो कोरोना भाइरस ! हैकमवादी सोच र गरिबको पसिना चुसिरहेका रबैयाहरु के कोरोना भन्दा कम थिए र? गरिब निमुखा बर्गको लागि झन अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ।

अप्ठ्यारो गोरेटोमा अड्किरहेको छ जीवन उनिहरुको।यसका लागि तत्काल सरकारले ठोस निर्णय गरि सम्बन्धित प्रदेश र स्थानीय समन्वय गरि तत्काल स्वास्थ अधिकार र राहतको ब्यबस्था गरिनु पर्छ नत्र सरकारबाटै जनताका लासको खाडल तय गर्नु पर्ने छ ।

रुगम रावल( नेता) नेपाल विद्यार्थी संघ ,बाजुरा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार