होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गाउँ–गाउँमा किटनासक औषधि छर्किदै नेपाली सेना
देश/प्रदेश

गाउँ–गाउँमा किटनासक औषधि छर्किदै नेपाली सेना

  • नागरिक रैबार
गाउँ–गाउँमा किटनासक औषधि छर्किदै नेपाली सेना

नागरिक रैबार/बाजुरा १० बैशाख। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि नेपाली सेनाले गाउँगाउँमा गएर किटनासक औषधि छर्किन थालेको छ ।

नेपाली सेनाको सदरमुकाम मार्तडीस्थित समरजित गुल्मबाट खटिएको एक टोलीले सोमबार त्रिवेणी नगरपालिकाको वडा नं. ९ को बाँगापाटा ताम्सु एरिया र बुधबार बुढीगंगा नगरपालिकाको ९ नम्बर वडाको गाउँमै पुगेर किटनासक औषधी छर्केको हो ।

विज्ञापन

स्वास्थ्य कार्यालय बाजुराको समन्वय र नेपाली सेनाको प्राविधिक टोलीले कोरोनाको परिक्षणका क्रममा कोरोनाको आसंका गरिएका उक्त नगरपालिकाका २ वडामा किटनाशक औषधी छर्किएको समरजित गुल्मका गुल्मपति रबिन श्रेष्ठले बताएका छन् ।

आईतबार त्रिवेणी नगरपालिका ९ बाँगापाटामा २२ वर्षिया युवा र ६० वर्षिया वृद्धमा ¥यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको थियो । त्यसै गरी मंगलबार पनि बुढिगंगा नगरपालिकामा एक जना १८ बर्षिया किशोरीमा ¥यापिड टेष्ट आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएकोले उक्त ठाउँका स्थानीयहरुलाई कुनै काममा हिँडडुल गर्दा कुनै किसिमको त्रास नहोस् भन्ने उदेश्यले उक्त वडाहरुमा कोराना बिरुद्ध किटनाशक औषधि छर्किएको गुल्मपति श्रेष्ठले बताए ।

गुल्मपति श्रेष्ठले भने सीमित स्रोत–साधनको उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने काम लगायत अन्य कार्यलाइ समेत निरन्तरता दिइरहेका छाैँ ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन औषधीले केही राहत गर्न सक्ने समरजित गुल्मका गुल्मपती श्रेष्ठले बताएका छन् । यस अघि नेपाली सेनाले बडीमालिका नगरपालिकास्थित सदरमुकाम मार्तडीबजारमा समेत किटनासक औषधी छर्किसकेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार