होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना भाईरस, भोकमरी र अबको कृषि क्रान्ति !
देश/प्रदेश

कोरोना भाईरस, भोकमरी र अबको कृषि क्रान्ति !

  • नागरिक रैबार
कोरोना भाईरस, भोकमरी  र अबको कृषि क्रान्ति !
Min Prasad Jaishi's Profile Photo, Image may contain: Min Prasad Jaishi, closeup
        मीनप्रसाद जैशी

जनवरी २२ मा चिनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाईरस करिव ४ महिनामा विश्वका प्राय सवै देशमा पुगेर करिव २३ लाख भन्दा वढी मानिसमा यसको संक्रमण देखिएको छ भने करिव एक लाख साठी हजार भन्दा वढी मानिसले ज्यान गुमाएको अवस्था छ ।

यसरी सरसरती हेर्दा समय र भुगोलका हिसावले हेर्दा यति छोटो समयमा यसरी विश्वभरी फैलिएर पुरा संसारलाई नै ठप्प पार्ने यो पहिलो महामारी आज सिङ्गो मानवजातीका लागी ठुलो चुनौती वनेको अवस्था छ । यसको असर तथा प्रभाव केवल स्वास्थ्यको क्षेत्रमा मात्रै नभई राजनीतिक, आर्थिक, सामाजिक र उत्पादनका क्षेत्रमा समेत देखिने र त्यसले समग्र विश्वभरी व्यापक उथलपुथल ल्याउने अडकल काट्न थालिएको छ ।
यतिवेला हरेक देशको ध्यान आफ्ना नागरीकको जीवनरक्षा कसरी गर्ने र यसको सम्भावित असर र जोखिमलाई कसरी न्युनिकरण गरी यो विकराल र भयाभह अवस्थावाट सामान्य अवस्थामा फर्किने भन्ने तर्फ केन्द्रित भएको अवस्था छ ।

हरेक देश आफ्नो वलवुताले भ्याए सम्म न्वारान देखिको वल लगाएरै भए पनि कोरोना भाईरससँगको लडाँईमा पुरै होमिएको अवस्था छ ।यसरी पुरा दुनियाँको ध्यान मानिसको जीवनरक्षा तर्फ केन्द्रित भईरहँदा यो भाईरसको संक्रमण रोक्न र सम्भावित जोखिम कम गर्नका लागि हरेक देशले लामो समय सम्म लकडाउनमा वस्नुपरेको अवस्था छ र लकडाउन नै कोरोनासँग लड्ने अन्तिम हतियार जस्तो वन्दै गईरहेको सन्दर्भमा अझै कति दिन वा कति समय सम्म पुरा विश्व लकडाउनमा रहनेछ भन्ने कुराको पुर्वानुमान गर्न कठिन नै छ ।यसरी मानिसले मानिस देखि डराउनु परिरहेको वर्तमान् अवस्थामा विश्व अर्थतन्त्र पहिलोपटक अनुमान नै गर्न नसकिने गरी थला परेको अवस्थामा विभिन्न तथ्याङ्क र अनुमानहरु सार्वजनिक हुन थालेका छन् ।

विज्ञापन

अन्तराष्ट्रिय मुद्रा कोषले विश्व अनिश्चितकालिन मन्दीको चपेटामा परिसकेको चेतावनी दिएको छ भने विश्व व्यापार संगठनका अनुसार १३ देखि ३२ प्रतिशत सम्म व्यापार घट्ने अनुमान गरिएको छ । प्रत्येक देशको आयात र निर्यात २० देखि ४० प्रतिशत सम्म घट्ने अनुमान गरिएको छ। आईएलओ को अनुमान अनुसार करिव ३८ प्रतिशतले श्रमवजारवाट रोजगारी गुमाउने तथा अक्सफार्मको एउटा प्रक्षेपण अनुसार विश्वभर गरिवीको रेखामुनी रहेको जनसंख्या ४३।४ प्रतिशतवाट वढेर ६१।१ प्रतिशत पुग्ने अनुमान गरिए अनुसार विभिन्न तथ्याङ्कहरु सार्वजनिक हुनुले मानव जातीका लागी आगामी दिनहरु अझै विकराल, कहालीलाग्दा र कष्टकरहुने प्राय निश्चित जस्तै भएको छ ।यसमा पनि गरिव देश र श्रमिक वर्ग वढी प्रभावित हुने देखिन्छन् ।

आज सम्म यस किसिमको संकट सवै देशलाई एकैचोटी परेको थिएन । एउटालाई संकट पर्दा अर्कोले सघाउनुका साथै घाउमा मल्हम लगाउने कार्य गर्दथे र संसारभरीवाट सवैको साथ र सहयोगले विस्तारै संकटग्रस्त देश वा क्षेत्र सामान्य अवस्थामा फर्कन्थ्यो । यतिवेला सवैलाई आफ्नै संकट सगरमाथाको चुचुरो जस्तो छ कसैलाई कसैका वारेमा सोच्ने फुर्सद छैन भने वाहिरवाट दिने र आउने सहयोग पनि लोकाचारका लागि मात्रै सिमित हुने कुरा घाम जस्तै छर्लङ्ग छ ।

सके गर नसके मर को विकल्पवाट हरेक देशको अवस्था गुजिदै अगाडी वढीरहेको अवस्थामा हरेक देशले आफ्नो बलबुताले आफ्नो घाउमा आफैले मल्हम लगाउँदै आफ्ना अवसर र सम्भावनाको खोजी गरेर तङ्ग्रीनुवाहेक अर्को कुनै विकल्प छैन भन्ने कुरा नेपाल र नेपालीले पनि वुझ्न जरुरी छ ।

वैदेशिक रोजगारीवाट प्राप्त रेमिट्यान्स र आयातमा लगाएको करवाट धानेको नेपाली अर्थतन्त्रको कोरोनाले ढाड भाँचेर केही वर्षका लागि थला पार्ने कुरा अनुमान गर्न त्यति गाह्रो विषय भएन । अन्तराष्ट्रिय जगतमा आउने आर्थिक मन्दीका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीले रोजगारी गुमाएर घर फर्किनुपर्ने छ भने आयातको दरमा समेत गिरावट आउने छ । लामो समय वन्दका कारण उत्पादन देखि उपभोक्ता सम्मको वस्तु तथा सेवाको आपुर्ति चेनमा समेत धक्का पुग्ने भएकोले पहिलेकै स्थितीमा आउन अझ निकै लगानी, समय र श्रम खर्च गर्नुपर्ने छ ।

पुरा विश्वलाई पहिलो प्राथमिकता भनेको व्यक्तिको स्वास्थ्य हो भने दोस्रो प्राथमिकता भनेको आफ्ना नागरीकको पेट कसरी भर्ने भन्ने नै हो । त्यसैले पनि होला निकट भविष्यमा खाद्यान्न लगायत कृषि उपजको अभाव भई भोकमरी हुने खतरा वढ्दै गएकोले प्राय सवै देशले खाद्यान्न लगायत कृषि उपज निर्यातमा रोक लगाउनुका साथै आफ्ना लागी जोहो गरिरहेको खवर आईरहेका छन् ।

पेट नभरी कुनै उपाय छैन त्यही पेट भर्नका लागी पनि प्रयाप्त कृषि उत्पादन र उत्पादन गर्ने वातावरण चाहियो जुन यतिवेला लकडाउनका कारण उत्पादनका सवै क्रियाकलापहरु अवरुद्ध भएका छन् । यसको असर केही महिनापछि पक्कै देखिने नै छ । कृषि उत्पादन भनेको अन्य उत्पादन जस्तो एकातिर कच्चा पदार्थ हाल्यो, मेसिन चलायो, अर्कोतर्फ उत्पादन हातमा आउने जस्तो सरल प्रक्रिया हैन यसका लागी वाली लगाउने वेला देखि पाक्दा सम्म लामो समय पर्खिनुपर्ने हुन्छ भने त्यसका लागी वीउ, मलजल, गोडमेल र वाली व्यवस्थापनका थुप्रै क्रियाकलाप पुरा गर्नुपर्छ ।

यस्तो अवस्थामा वीउमल लगायत अन्य आवश्यक कुराको व्यवस्थापन कसरी हुन्छ र सवै कुराको अभावका विच लगाईएको वालीको उत्पादन कस्तो रहन्छ भन्ने कुराले भविष्यमा थप खाद्य संकट हुने कुराको पुर्वानुमान सजिलै गर्न सकिन्छ । देशको कुल जनसंख्याको दुई तिहाई जनसंख्या संलग्न भएको र कुल ग्राहस्थ उत्पादनको करिव एक तिहाई भाग ओगटेको कृषि क्षेत्र जहिले पनि नारा र भाषणमा मात्रै सिमित रह्यो ।

वि.सं.१९७८ सालमा कृषि अड्डाको स्थापना भई औपचारीकरुपमा कृषि विकासको शुरुवात भएको हाम्रो देशमा करिव एक शताव्दी पुग्नै लाग्दा समेत ू नेपाल एक कृषि प्रधान देश हो, त्यसैले कृषिको व्यवसायीकरण र आधुनिकिकरण नभए सम्म देशको आर्थिक विकास सम्भव छैन भन्ने वाक्य पढ्नु, सुन्नु र परिक्षामा खुरु खुरु जवाफ लेखेर पास हुनु वाहेक अन्य कुनै उपलव्धि हाँसिल हुन सकेन ू । कृषिको आधुनिकिकरण र व्यवसायीकरणका लागी सरकारी तथा नीजि क्षेत्रको प्रयाप्त लगानी, कृषकको माग र आवश्यकता अनुसारको प्रविधिको विकास, उत्पादन सामग्रीको सरल तथा सजह उपलव्धता, प्रयाप्त सिंचाईको सुविधा, आवश्यक भौतिक पुर्वाधार र वजार अति आवश्यक कुरा हुन् भन्नेकुरा घाम जस्तै छर्लङ्ग छ ।

एकतिहाई अर्थतन्त्र ओगटेको कृषि क्षेत्रमा सरकारी लगानी पनि हात्तिको मुखमा जिरा भने जस्तै छ भने व्यक्तिको लगानी पनि गुजरामुखी किसिमको मात्रै छ त्यसैले नारामा मात्रै सिमित कृषि क्षेत्र जनशक्तिका हिसवाले पनि उस्तै दयनिय अवस्थामा छ । एकातिर दक्ष प्राविधिक जनशक्तिको अभाव छ भने अर्को्तिर भएको जनशक्ति पनि समय अनुसार आफ्नो पेशागत दक्षतामा अव्वल हुनुको सट्टा माथिल्लो तहको जनशक्ति चेकमा सहि गर्न, गाडीमा डुल्न र किसानको दैलो सम्म कहिल्यै नपुग्ने नीति नियम वनाउन ठिक्क छ भने तल्लो तहको जनशक्ति सामग्री आपुर्तिकर्ता र हाकिमको आदेशलाई हस हजुर भन्दै हाकिम खुसी पार्ने अभियानमा आफुलाई प्राविधिक हुँ भन्ने कुरा विर्सिन लागेको अवस्था छ ।वीउ तथा मल जस्ता उत्पादनका अत्यावश्यक सामग्रीको उपलव्धता पनि आकाशको फल आँखातरीमर जस्तै भएको छ ।

कृषकको माग र आवश्यकता अनुसारको कृषि प्रविधिको पनि उस्तै अनिकाल छ, सिंचित क्षेत्रफल कितावको तथ्याङ्कमा मात्रै वढेको देखिन्छ व्यवहारमा खासै सिंचाई सुविधा विस्तारमा प्रगति हुन सकेको छैन । सडक, विजुली, भण्डारण तथा प्रसोधनका पुर्वाधारको पनि उत्तिकै अप्रयाप्तता देखिन्छ भने कृषि वजार पुरै विचौलीयाको मारमा छ ।

वेच्ने र खाने दुवै वेहाल विचका विचौलिया र व्यापारी मालामाल, ठुलो युवा जनशक्ति विदेश पलाएन, वचेकाहरु शहर तिर, गाउँघरमा भएको खेतीयोग्य जमिन वाँझो राखेर युवाहरु सिमा पारीको आलु, प्याज र चामल खाँदै डकार्दै देशमा अवसर छैन भनेर सामाजिक संजाल रङ्गउन व्यस्त भएको यहि अवस्थामा कसरी कृषिको व्यवसायीकरण र आधुनिकिकरण हुन सक्छ रु त्यसैले आजका मिति सम्म कृषि क्रान्ति एक आकर्षक नारा मात्रै भयो र कृषि क्षेत्रको विकासका लागि गरिएका विभिन्न प्रयास र कार्यान्वयनमा ल्याईएका योजना समेत असफल भएकै कारण देशमा आज वार्षिक ३० अरव वरावरको चामल मात्रै आयात गर्नुपर्ने वाध्यता हाम्रा सामु छ ।यी सवै कुराहरुवाट पाठ सिक्दै सरकार र नागरीक दुवैले आ आफ्नो तर्फवाट अधिकतम प्रयास नगर्दा सम्म नेपालको कृषि क्षेत्रको रुपान्तरण सहितको कृषि क्रान्ति र आर्थिक क्रान्ति दुवै एकादेशको कथा मात्रै हुन जानेछ ।

आफ्नो देशको उत्पादनले हाल देशमा भएको जनसंख्यालाई समेत नपुगीरहेको अवस्थामा कोरोनावाट पिडित वैदेशिक रोजगारीवाट फर्किने लाखौ युवाहरु थपिने छन् । यहि अवस्था कायम रह्यो भने विदेशवाट खाद्यान्न आयात रोकिने छ । यस्तो अवस्थामा कसरी नेपालीको मुखमा माड लाग्छ भन्ने कुरा अव सोच्न ढिलो गर्नुहुँदैन ।

कोरोनाले आक्रान्त वनेको देश फेरी भोकमरीको चपेटामा पर्दा हाम्रो अवस्था के होला भन्ने कुराको अनुमान गरेर आजैवाट योजनावद्ध तरीकाले काम गर्नुपर्ने वेला आएको छ ।लिपुलेक फिर्ता ल्याउ भन्दै सामाजिक संजालमा उफ्रिने युवाहरु र राष्ट्रवाद भन्दा आफ्नै देशको माटोमा श्रम र पसिना वगाउँदै कृषिमा आत्मनिर्भर देश वनाउन कम्मर कस्ने युवाहरु र राष्ट्रवाद कैयौ गुणा वढी आवश्यक छ मुलुकका लागी ।
देशमा संचालनमा रहेका केही ठुला सरकारी उद्योगहरु नीजिकरणका नाममा टाँट पल्टिएर संग्राहलय जस्ता भई सके , देश उत्पादन मुखी भन्दा आयातमुखी अर्थतन्त्रमा निर्भर छ , वच्चाले वामे सर्न लाग्या जस्तो हाम्रो औद्योगिक अवस्थाको हालत पनि उस्तै छ भने रोजगारीको एकमात्र उपाय वैदेशिक रोजगारी देखिन्छ ।

अन्तराष्ट्रिय श्रम वजारमा करिव ६५ लाख नेपाली भएको अनुमान गरिन्छ यसमा भारतमा रहेका नेपालीको अझै आधिकारिक तथ्याङ्क छैन । यी मध्ये अधा मात्रै जनसंख्या नेपाल फर्किने हो भने करिव ३० लाख युवाहरु थपिनेछन् भने हरेक वर्ष ५ लाख युवाहरु श्रमवजारमा थपिने गरेको तथ्याङ्क छ ।

देशमा वेरोजगारीको समस्या दिनका दिन वढ्दै गईरहेको वर्तमान् अवस्थामा कोरोनाको कारण पुरै अर्थतन्त्र ओरालो लागेको वेला यी युवाहरुलाई देश भित्र कसरी रोजगारीको अवसर दिन सकिन्छ भन्ने कुरा एक चिन्ताको विषय हो । देशमा भएका अवसरहरु समेत औलामा गन्न सकिने अवस्थामा छन् ।

अवका केही वर्ष सम्म हामीले भन्दै गरेको पर्यटन व्यवसाय पनि टाँट पल्टिने पक्कापक्की जस्तै छ भने विजुलीको व्यापार पनि सपनामै सिमित हुनेछ । आम व्यापार व्यवसाय र सेवा क्षेत्रको व्यापारले खुट्टा टेक्न र तङ्ग्रिन पनि त्यत्तिकै समय लाग्ने देखिन्छ । यस्तो अवस्थामा हाम्रा लागी वेरोजगारी समस्या देशको अस्थिरता र सामाजिक विसङ्कगतीका लागि एक मुख्य हतियार वन्न सक्ने खतरा पनि त्यत्तिकै छ ।

यस्तो संकटको घडीमा विदेशमा रहेका अधिकाँश नेपालीहरु भोको पेट र नाङ्को ज्यान लिएर भए पनि नेपाल फर्कन खोजेको कुरा प्रष्ट छ भने युरोप, अमेरीकाको सपना देखेर मुख मिठ्याउनेहरुको पनि कोरोनाले सातोपुत्लो उडाईसकेको छ । एक जमाना थियो रे उच्च कृषि, मध्यम व्यापार, तुच्छ नोकरी भन्ने उखानको तर आज समय विकासको क्रमसँगै हामीले कृषिमा उल्लेख्य फड्को मार्न नसक्दा उक्त उखानलाई उच्च नोकरी, मध्यम व्यापार र तुच्छ कृषि मा रुपान्तरण गरेर वुझ्न थालेका छौं ।

हाम्रो देशको वर्तमान् अवस्था, भौगोलिक वनावट , उपलव्ध साधन र स्रोत , हामीसँग भएको श्रम र जनशक्ति, संघिय गणतन्त्र सहितको तिन तहको सरकार र कोरोनावाट सृजित विद्यमान् चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्दै कृषि पेशालाई व्यवसायीकरण र आधुनिकिकरण गरी समृद्ध नेपालका लागि आधार तयार गर्नु आजको आवश्यकता हो ।

सवैकुरा गर्नका लागी सव भन्दा पहिले वाँच्नु पर्छ, वाँच्नका लागी खानु पर्छ खानका लागी कृषि कर्म गर्नुपर्छ भन्ने सरल कुरा पनि पुँजीवादी संस्कृति र विदेश मोहले भुसुक्कै विर्साईदिएको अवस्थामा ढिलै भएपनि फेरी एक पटक कोरोना भाईरसको महामारीले सवैले सम्झिने गरी ढ्याङ्ग्रो ठोकिदिएको छ । कि त भोकै मर्ने कि वाँझोवारी खन्ने यहि विकल्प सहित गुज्रिनुपर्ने आगामी दिनको पुर्वानुमानसँगै कोरोनाको महामारीले निम्त्याएको वर्तमान विपत्तिको अवस्थावाट सवैले पाठ सिक्न जरुरी छ ।

विदेश मोहलाई थाति राखी आफ्नो देशमा भएको अवसर र सम्भावना माथि टेकेर हावापानी तथा माटो सुहाँउदो कृषि वाली वा वस्तुको छनौट गरी सरकारी सुविधाहरुलाई अधिकतम उपयोग गर्दै अब छातिमा हात राखेर ईमान्दार, लगनशिल र मेहनती भई कृषि क्रान्तिमा होमिनु वाहेक आउने दिनमा नेपाल र नेपालीका लागी अर्को कुनै विकल्प र उपाय छैन ।

कृषि क्रान्तिनै हाम्रा लागी रोजगारीको एक मात्रै विकल्प हो र यसको जगमाथि टेकेर ओरालो लागेको अर्थतन्त्रले पुर्नजीवन प्राप्त गर्न सक्छ । यी माथी भनिएका सवै कुराहरुलाई ध्यान दिदै लामो समयको छलफल, वहस र निष्कर्ष पश्चात ूसंरक्षित कृषि, सुनिश्चित वचतू भन्ने मुल अभिप्रायका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको रुपान्तरणका लागी पाँचवटा नीतिगत आधार तयार गरेर अगाडी वढ्ने गरी योजना वनाएको छ ।

जस अन्तरगत उत्पादन सामग्रीमा अनुदान, सवै कृषकको घरदैलोमा प्राविधिक सेवा, सस्तो र सुलभ कृषि ऋण, वाली विमा र कृषि पेशामा लाग्नेहरुको न्युनतम वचतको ग्यारेन्टी गर्ने कुरा सार्वजनिक रुपमा घोषणा गरिएको छ । उक्त पंचरत्न नीतिका माध्यमवाट कृषि क्षेत्रको रुपान्तरणको आधार तयार गरी समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्न आगामी कार्यक्रमहरु कार्यान्वयन गर्ने स्पष्ट मार्ग्चित्रका साथ कार्यान्वयनका लागी दिनरात माननीय कृषि मन्त्री घनश्याम भुसाल लागि पर्नु भएको हुनाले हामी सवैले एकपटक आशा र विश्वास गर्ने वेला आएको छ ।

यी पाँचवटा नीतिका आधारमा कृषिका कार्यक्रमहरु कृषकको खेतसम्म पुर्याउन सकिएमा अगामी दिनमा नेपालको कृषि क्षेत्र र किसानहरुले अपहेलित हुनुपर्ने अवस्था सधैका लागि अन्त्य भई कोरोना महामारीको अन्त्यसँगै नेपालमा कृषि क्रान्तिको शुरुवात हुनेछ । कृषि क्रान्तिवाट नै अन्त्वगत्वा हाम्रो सामाजिक तथा आर्थिक क्रान्तिको आधार तयार भई समृद्ध नेपाल निर्माण हुने कुरामा विश्वस्त हुन सकिने प्रयाप्त आधारहरु रहेका छन् ।अव यसलाई सवैले नारामा हैन व्यवाहारमा उतार्नु आवश्यक छ ।

जय कृषि । कृषि मुलश्च जीवनम् !

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार