होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • खिरीदेवी स्मृती प्रतिष्ठिानद्धारा विपन्न परिवारलाई राहत वितरण 
समाज

खिरीदेवी स्मृती प्रतिष्ठिानद्धारा विपन्न परिवारलाई राहत वितरण 

  • नागरिक रैबार
खिरीदेवी स्मृती प्रतिष्ठिानद्धारा विपन्न परिवारलाई राहत वितरण 

रामबहादुर विक/बाजुरा ७ बैशाख। जिल्लाको छेडेदह गाँउपालिकामा रहेको खिरीदेवी स्मृती प्रतिष्ठानले खाद्यन वितरण गरेको छ ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरना भाईसलाई लक्षित गरी आज खाद्यन वितरण गरेको प्रतिष्ठिानका अध्यक्ष मंगल नेपालीले बताएका छन् ।

खिरीदेवी स्मृती प्रतिष्ठिानको आयोजना र सोही गाँउपालिका वडा नं ६ मैतोला घर भएका र रेडियो पौरखीका संचालक समितिका सहसचिव सुरेन्द्र नाथयोगीको आर्थिक सहयोगमा अति विपन्त ७ घर परिवारलाई खाद्यन वितरण गरिएको अध्यक्ष नेपालीले बताए ।

विज्ञापन

छेडेदह गाँउपालिका वडा नं ७ बुढावाडामा रहेका अतिविपन्न , एकल महिला गरी ७ घरपरिवारलाई खाद्यन वितरण गरिएको अध्यक्ष नेपालीले जानकारी दिनु भयो ।
७ परिवारलाई चामल , दाल तेल र नुन वितरण गरिएको बताईएको छ ।

कार्यपालिका सदस्य भिम नेपालीले यो विपतको सयमा राहत वितरण गरेको भन्दै प्रतिष्ठान र सुरेन्द्रनाथ योगीलाई धन्यवाद दिदै उक्त  राहत हस्तान्त्रण गर्नु भएको थियो ।

अध्यक्ष नेपालीका अनुशार आगामी दिनहरुमा पनी यस्तै दिन दुखीहरुको काममा सहयात्रा गदै अगाडी बढ्ने जानकारी दिनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार