होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार/बाजुरा २५ माघ । नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ । दुईसाता अघि नेविसंघ बाजुरा क्याम्पस ईकाइले बिभिन्न चार बुदे माग राख्दै बाजुरा क्याम्पसका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । . दुईसाता अघि बुझाएको ज्ञापनपत्र मार्फत माग गरिएको कुरालाई अहिलेसम्म पनि सुनुवाई नगरेपछि नेबिसंघ बाजुरा क्याम्पस इकाई क्याम्पसमा ताला […]
नागरिक रैबार बाजुरा २२ माघ प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकारलाई प्रदान गरिएको छ प्रेस चाैतारी बाजुराले आफ्नाे स्थापना दिवसकाे अवसरमा विनाेद बिक स्मृति पुरस्कार प्रेस चाैतारी बाजुराका निवर्तमान अध्यक्ष वसन्त विस्वकर्मा र मनिषा घटालालाई प्रदान गरेकाे हाे । बडीमालिका […]
नागरिक रैबार बाजुरा २१ माघ । बाजुराकाे सदरमुकाम मार्तडीमा हिमपात भएकाे छ । बिहीबार साँझदेखि सदरमुकामै हिउँ पर्न सुरु भएको थियाे। जनघनत्व थपिदै गएपछि पछिल्ला वर्षहरूमा सदरमुकाम क्षेत्रमा हिमपात भएको थिएन। तर, यस वर्ष भने पाैष महिनाकाे दाेस्राे र माघ महिनाको तेस्रो साता सदरमुकाममा हिमपात भएको हो। सदरमुकाम लगायत जिल्लाका हिमाली भेगका बस्तिहरूमा हिमपात भएसंगै […]
नागरिक रैबार/बाजुरा १७ माघ। बडीमालिका स्तरीय दलित भुमी अधिकार युनियनको प्रथम बैठक मार्तडीमा सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिकाको सभाहलमा बसेको बैठकमा भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार गर्ने, भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार, दलित सम्बन्धि घटना अध्ययन, भुमी आयोगमा जिल्ला स्तरको दलित प्रतिनिधिको प्रतिनिधित्व र भुमी […]
नागरिक रैबार/बाजुरा १७ माघ । बाजुराको बडिमालिका नगरपालिका वडा न ९ का बल दमाई लडेर घाईते भएका छन। उनि शनिबार खर्कमा गोरु चराउन गएको बेला लडेर घाईते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनको उपचारका लागि जिल्ला अस्पताल बाजुराले […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुरामा आज एकैदिन २२ जनामा काेराेना पुष्टि भएकाे छ । आइतबार एन्टिजेन बिधिबाट ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आजको थप २२ जना गरी बाजुरामा २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ । आज गरिएकाे […]
नागरिक रैबार बाजुरा ९ माघ बाजुराकाे सदरमुकाम मार्तडी नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रसारणकाे लाईनसंग जाेडिएकाे छ । सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरि नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रशारण लाईन जाेडिएकाे हाे । राष्ट्रिय प्रशारण लाईन आजसाँझबाट सदरमुकाम मार्तडीमा जडान गरेकाे बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् । उहाँका अनुसार सदरमुकाम मार्तडीलाई […]
नागरिक रैबार बाजुरा ९ माघ बाजुराकाे सदरमुकाम मार्तडीमा आज साँझबाट संचालन हुने गरि राष्ट्रिय प्रशारण लाईन जडान गर्ने तयारी अन्तिम चरणमा पुगेकाे छ । राष्ट्रिय प्रशारण लाईन आजसाँझबाट सदरमुकाम मार्तडीमा जडान गर्नका लागि तयारी अन्तिम चरणमा पुगेकाे बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् । उहाँका अनुसार सदरमुकाम मार्तडीलाई लक्षित गरेर आजबाट पहिलाेपटक […]
नागरिक रैबार बाजुरा ८ माघ । अनेरास्ववियुकाे केन्द्रीय सचिवालय सदस्य विद्यार्थी नेता जंग विकले आफ्नाे जन्म दिनकाे अवसर पारेर बडीमालिका ८ मा रहेकाे द्वारीका प्राविका विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयाेग गरेका छन् । आज माघ ८ गते परेकाे आफ्नाे ३२ अाै जन्म दिनकाे अवसरमा विकले द्वारीका प्रावि बाउलीमा पुगेर विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री […]
नागरिक रैबार बाजुरा ६ माघ। विद्युत आपूर्तिकाे माग गर्दै सदरमुकाम मार्तडीमा ३ दिन देखि नागरिक समाजले गरेको आन्दोलन पश्चात बसेकाे सर्वपक्षीय बैठकले राष्ट्रिय प्रसारण लाईन तत्काल विस्तार गर्ने निर्णय गरेकाे छ । नागरिक समाजले गरेकाे ३ दिनदेखिकाे आन्दोलन पश्चात सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा बिद्युत आपुर्ती गर्न बिद्युत प्राधिकण तयार भएपछि आज बसेकाे सर्वपक्षीय बैठकले साे […]
नागरिक रैबार बाजुरा ४ माघ । जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा करिव ५ करोड भन्दा बढिकाे लागतमा कालाजग्रा फनपार्क निर्माण हुने भएको छ । बडीमालिका ७ काे ढम्कने सरस्वति आधारभुत विद्यालय नजिकैकाे २२ राेपनी जग्गामा निर्माण हुन् लागेको कालाजग्रा फनपार्कको साेमबार एक कार्यक्रमका बिच बाजुराका सांसद लालबहादुर थापाले शिल्यान्यास गरेका छन् । सबै […]
नागरिक रैबार/बाजुरा ३० पुस । बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताए । यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका […]
नागरिक रैबार/बाजुरा ३० पुस। जिल्लाको सदरमुकाम मार्तडीमा विद्युत अनियमित भएपछि बजारबासी आक्रोसित बनेका छन् ।मार्तडीमा विद्युत नियमित नभएको भन्दै मार्तडी बजार व्यवस्थापन समितिले विहिबार बडीमालिका नगरपालिका र जिल्ला प्रशासन कार्यालय, त्रिवेणी साना जलविद्युत केन्द्र र विद्युत प्राधिकरणलाई ज्ञापन पत्रसमेत बझाएका छन् । मार्तडी बजार ब्यबस्थापन समितिले माघ २ गते देखी विद्युत नियमितको माग गर्दै चरणबद्ध […]
नागरिक रैबार/बाजुरा २९ पुस। सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री प्रकाश शाहले जिल्लाको बडीमालिका नगरपालिका ९ स्थित कफल्टामा एयरपोर्टका लागि डिपिआर हुन् लागेको स्थलको अनुगमन गरेका छन् । बाजुराको प्रदेश (ख) सांसद समेत रहेका पूर्वमन्त्री शाहले बुधबार सो ठाउँमै पुगेर स्थलगत अनुगमन गरेका हुन् । स्थलगत अनुगमनपछि मन्त्री शाहले उक्त ठाउँमा बिमान स्थल बनाउन योग्य रहेको […]
नागरिक रैबार/बाजुरा २९ पुस। जिल्लाको बडीमालिका नगरपालिकाले दशौं नगरसभाले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । विहिबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरेर नगरपालिकाको दशौं नगरसभाबाट पारित भएका निणर्यहरु सार्वजनिक गरेको हो । बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएकाे कार्यक्रममा उपप्रमख कविता विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, बडीमालिका ८ का […]
नागरिक रैबार बाजुरा २८ पुस बडीमालिका नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको १० औं नगरसभाबाट १० वटा विधयेक पारित गर्दै नगर सभा सम्पन्न गरेको हो । सभामा पेश भएका विधयेकहरु स्थानीय स्वास्थ्य सेवा विधयेक, स्थानीय तथ्याकं तथा अभिलेख व्यवस्थापन विधेयक, स्थानीय पुर्वाधार विकास तथा व्यवस्थापन विधेयक, स्थानीय बजार व्यवस्थापन विधेयक, स्थानीय वन […]
नागरिक रैबार बाजुरा २८ पुस । जिल्लाकाे बडीमालिका नगरपालिकाकाे दशाै नगर सभा आजबाट सूरू हुने भएकाे छ । समृद्ध नगर खुशी नगरबासी भन्ने मुल नाराका साथ बडीमालिकाकाे दशाैं नगर सभा आजबाट सूरू हुने भएकाे हाे । नगरसभामा बडीमालिका नगरमा विभिन्न विकासका याेजनाहरू पारित गरिने नगरपालिकाले जनाएको छ ।
नागरिक रैबार/बाजुरा १८ पुस। सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको सम्भाव्यता अध्ययन गर्न बनाएको टोलीले जग्गाको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बडीमालिका नगरपालिकाले मार्तडीभित्र खेलमैदानका लागि उपयुक्त जग्गाको अध्ययन गर्न बनाएको सम्भाव्यता अध्ययन टोलीले बाउली र गणखेतमा रहेको जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो । मार्तडीमा खेलमैदानका लागि जग्गाको सम्भावित अध्ययन गर्न बडीमालिका […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]