होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा राष्ट्रिय प्रसारण लाईन तत्काल जडान गर्ने सर्वपक्षिय बैठककाे निर्णय
Breaking News

मार्तडीमा राष्ट्रिय प्रसारण लाईन तत्काल जडान गर्ने सर्वपक्षिय बैठककाे निर्णय

  • नागरिक रैबार
मार्तडीमा राष्ट्रिय प्रसारण लाईन तत्काल जडान गर्ने सर्वपक्षिय बैठककाे निर्णय

नागरिक रैबार
बाजुरा ६ माघ। विद्युत आपूर्तिकाे माग गर्दै सदरमुकाम मार्तडीमा ३ दिन देखि नागरिक समाजले गरेको आन्दोलन पश्चात बसेकाे सर्वपक्षीय बैठकले राष्ट्रिय प्रसारण लाईन तत्काल विस्तार गर्ने निर्णय गरेकाे छ ।
नागरिक समाजले गरेकाे ३ दिनदेखिकाे आन्दोलन पश्चात सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा बिद्युत आपुर्ती गर्न बिद्युत प्राधिकण तयार भएपछि आज बसेकाे सर्वपक्षीय बैठकले साे निणर्य गरेकाे हो ।
मार्तडीमा विद्युत लाइन विस्तारको माग सहीत नागरिक समाजले ३ दिन सम्म लगातार आन्दोलन गरेपछि बिद्युत आपुर्ती गर्न बाजुरा वितरण केन्द्र सहमत भएकाे हाे ।
३ दिन सम्म्म कार्यालयमा गरिएको ताला बन्दी आन्दोलनरत पक्षसंगको सहमती पश्चात खोलिएको नागरिक आन्दोलन संघंर्स समितिका सदस्य सुरेन्द्र नाथले बताएका छन । कार्यालयमा नागरिक समाजले नियमित बिद्युतको माग गर्दै तालाबन्दी गरेको थिए ।
आन्दोलन रत पक्षले आज दिनभर सदरमुकाम मार्तडीमा रहेको बजार बन्द गरेर आन्दोलनमा उत्रेकाे थियाे ।
नागरिक समाजले ३ दिन अघि बाजुरा वितरण केन्द्रमा लगाएकाे ताला आज साँझ खाेलिएकाे र त्रिवेणी सहकारीमा लगाएकाे ताला भने भाेलि खाेलिने नागरिक समाज आन्दोलनका सदस्य तथा अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँदले बताएका छन् ।                                                        सर्वपक्षीय बैठकमा प्रतिनिधी सभा सदस्य लाल बहादुर थापा, जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाली काग्रेस बाजुराका सभापती रामसिं रावल, नेकपा एमालेका सचिव भरत थापा, नेकपा समाजबादीका केन्द्रीय सदस्य गगन रावल, नेकपा माओबादी केन्द्रका नेता गोरख शार्की, उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकाया लगायत आन्दोलनरत पक्षको सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार