होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेविसंघ बाजुरा क्याम्पस इकाई समितिद्धारा क्याम्पसमा ताला
समाचार

नेविसंघ बाजुरा क्याम्पस इकाई समितिद्धारा क्याम्पसमा ताला

  • नागरिक रैबार
नेविसंघ बाजुरा क्याम्पस इकाई समितिद्धारा क्याम्पसमा ताला

नागरिक रैबार/बाजुरा २५ माघ । नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ । दुईसाता अघि नेविसंघ बाजुरा क्याम्पस ईकाइले बिभिन्न चार बुदे माग राख्दै बाजुरा क्याम्पसका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । .

दुईसाता अघि बुझाएको ज्ञापनपत्र मार्फत माग गरिएको कुरालाई अहिलेसम्म पनि सुनुवाई नगरेपछि नेबिसंघ बाजुरा क्याम्पस इकाई क्याम्पसमा ताला लगाउन बाध्य भएको नेविसंघ बाजुरा क्याम्पसका इकाई सभापति अनिल बहादुर सिंहले बताएका छन् । सभापति सिंहका अनुसार आफ्नो माग सम्बोधन नभएसम्म क्याम्पसमा लाएको ताला नखोलिने चेतावनी दिएका छन् ।

नेपाल विद्यार्थी संघ बाजुराले दुई साता अघि क्याम्पसबाट वितरण गरीने छात्रवृतिको बिवरण तत्काल सार्बजनीक गरीयोस्, क्याम्पसले लिने शैक्षिक शुल्क बिश्व बिद्यालयबाट प्रत्यक सेमेस्टर को ४२०० रहेकोमा ७५०० लग्ने गरेको हुदा उक्त शुल्क तत्काल घटाईयोस्, क्यामपस प्रशासनले बिद्यार्थी संगठनलाई हेर्ने दृष्टिकोण समान गरीयोस् र बिषयगत उप—प्राध्यापकको ब्यवस्था र नियमित कक्षा संचालन गरीयोस् भनी ४ बुदे माग सहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्र अहिले खोज्दा क्याम्पसमा नभेटिएको र ज्ञापनपत्रको अवेज्ञा गरेको प्रति नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिको आपत्ति रहेको समेत बताएका छन् ।

विज्ञापन

यता क्याम्पस प्रमुख शुरेसप्रशाद पण्डितले भने विद्यार्थीहरुले ज्ञापनपत्र मार्फत गरेका मागहरू सम्बोधन गर्ने प्रक्रियामा आफू रहेको  बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार