होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे सदरमुकाम मार्तडी राष्ट्रिय प्रशारण लाईनसंग जाेडियाे, स्थानीय खुसी
समाचार

बाजुराकाे सदरमुकाम मार्तडी राष्ट्रिय प्रशारण लाईनसंग जाेडियाे, स्थानीय खुसी

  • नागरिक रैबार
बाजुराकाे सदरमुकाम मार्तडी राष्ट्रिय प्रशारण लाईनसंग जाेडियाे, स्थानीय खुसी

नागरिक रैबार
बाजुरा ९ माघ
बाजुराकाे सदरमुकाम मार्तडी नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रसारणकाे लाईनसंग जाेडिएकाे छ ।
सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरि नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रशारण लाईन जाेडिएकाे हाे ।
राष्ट्रिय प्रशारण लाईन आजसाँझबाट सदरमुकाम मार्तडीमा जडान गरेकाे बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् ।
उहाँका अनुसार सदरमुकाम मार्तडीलाई लक्षित गरेर आजबाट पहिलाेपटक मार्तडीमा ११ केभिकाे लाईन जडान गरिएकाे हाे ।
सदरमुकाम मार्तडीमा विद्युत आपूर्तिकाे माग गर्दै नागरिक समाज बाजुराले ३ दिनसम्म आन्दाेलन समेत गरेकाे थियाे ।
२०४६ सालमा स्थापना भएकाे बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर संचालन गर्दै आएकाे थियाे ।
२ सय किलाेवाट उत्पादन क्षमताकाे विद्युतले मार्तडीमा लाेड धान्न नसकेपछि त्रिवेणीले दैनिक जसाे लाेडसेडिङ गर्दै आएकाे थियाे  ।
दैनिक ५ देखि ८ घण्टाकाे लाेडसेडिङकाे मार खेप्दै आएका सदरमुकामबासी नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रसारण लाईन जडान भएपछि खुसि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार