होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विनाेद विक स्मृति पुरस्कार बाजुराका २ जना पत्रकारलाई प्रदान
समाचार

विनाेद विक स्मृति पुरस्कार बाजुराका २ जना पत्रकारलाई प्रदान

  • नागरिक रैबार
विनाेद विक स्मृति पुरस्कार बाजुराका २ जना पत्रकारलाई प्रदान

नागरिक रैबार
बाजुरा २२ माघ
प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकारलाई प्रदान गरिएको छ प्रेस चाैतारी बाजुराले आफ्नाे स्थापना दिवसकाे अवसरमा विनाेद बिक स्मृति पुरस्कार प्रेस चाैतारी बाजुराका निवर्तमान अध्यक्ष वसन्त विस्वकर्मा र मनिषा घटालालाई प्रदान गरेकाे हाे ।
बडीमालिका ९ का वडा अध्यक्ष समेत रहेका विनोद कुमार विकको २०७८ जेष्ठमा कोरोनाका कारण मृत्यु भएको थियो । प्रेस चौतारी नेपाल बाजुराका संस्थापक समेत रहेका विक पत्रकार महासंघ बाजुराका सहसचिव समेत रहेका थिए । प्रेस चाैतारी बाजुराकाे संस्थापक समेत रहेका स्वर्गीय विनाेद कुमार विककाे सम्झनामा प्रेस चौतारी जिल्ला शाखाले पत्रकारिता पुरस्कार स्थापना गरेको थियो ।
प्रेस चौतारीको स्थापना दिवसको अवसरमा हस्तान्त्रण गर्ने गरि स्थापना गरिएको पुरस्कार पहिलो वर्ष बसन्त विश्वकर्मा र मनिशा घटालालाई दिइएको अध्यक्ष नन्दा थापाले बताएकी छन् ।
दुबै जनालाई ५ हजार ५ सय ५५ रुपैया नगद सहीत सम्मान पत्र सहीत पुरस्कृत गरिएको हो ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार