होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खप्तड छेडेदह
  • नेपाली काँग्रेस प्रदेश ‘ख’ काे काेषाध्यक्षमा राेकाया मनाेनित
खप्तड छेडेदह

नेपाली काँग्रेस प्रदेश ‘ख’ काे काेषाध्यक्षमा राेकाया मनाेनित

  • नागरिक रैबार
नेपाली काँग्रेस प्रदेश ‘ख’ काे काेषाध्यक्षमा राेकाया मनाेनित

नागरिक रैबार/बाजुरा २९ माघ। नेपाली काँँग्रेस प्रदेश‘ख’ को कोषाध्यक्षमा जनकबहादुर रोकायालाई मनोनित गरेकाे छ ।
नेपाली काँँग्रेस प्रदेश‘ख’ को शनिबार बसेको कार्य समितिको दाेस्राे पूर्ण बैठकले प्रदेश‘ख’ काे कोषाध्यक्षमा रोकायालाई मनोनित गरेको हाे । नेपाली काँँग्रेस प्रदेश‘ख’ पार्टीको दोस्रो पुर्ण बैठकले जेष्ठ सदस्यका रुपमा रहेका रोकायालाई कोषाध्यक्षमा मनोनित गरेको नेपाली कांग्रेस प्रदेश‘ख’ का सचिव चक्रराज जोशीले बताएका छन् ।
पार्टीको आन्तरिक व्यवस्थापनका लागि विधान तह कोषाध्यक्ष मनोनित गर्नुपर्ने भएकाले बैठकमा सर्वसम्मत रूपमा रोकायालाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेकाे उनले बताए ।
यस्तै बैठकले पार्टीको कार्य सम्पादन समिति समेत गठन गरेको छ । पार्टीबाट निर्वाचित भएका ८ जना पदाधिकारी र ७ जना अन्य गरी १५ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको नेपाली काँँग्रेस प्रदेश‘ख’ का सभापति रंगबहादुर खातीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार