होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपरकाेट बहुउद्देश्यीय सहकारीकाे प्रथम साधारणसभा सम्पन्न
समाचार

उपरकाेट बहुउद्देश्यीय सहकारीकाे प्रथम साधारणसभा सम्पन्न

  • नागरिक रैबार
उपरकाेट बहुउद्देश्यीय सहकारीकाे प्रथम साधारणसभा सम्पन्न

नागरिक रैबार
बाजुरा २९ माघ ।
बडीमालिका नगरपालिका वडा नम्बर ८ मा रहेकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
एकका लागि सबै र सवैका लागि एक” भन्ने मुल नाराका बडीमालिका ८ मा स्थापना गरिएकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम साधारण सभा शनिवार सम्पन्न भएकाे हाे ।
साधारणसभामा सहकारीका अध्यक्ष विरेन्द्र रावलले सहकारीको आर्थिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष रावलले प्रस्तुत गरेकाे प्रतिवेदन अनुसार सहकारीमा कुल ५१ जना शेयर सदस्य रहेको र संस्थामा शेयर पुँजी ५१ हजार र बचत रकम १४ लाख ५९हजार ७ सय १५ रूपैयाँ रहेको छ ।
त्यस्तै प्रथम साधारण सभाबाट संस्थाको बचत तथा ऋण परिचालन निति २०७८ समेत परित गरेको सचिव मानबहादुर रावलले जानकारी दिए । उनका अनुसार प्रथम साधारणसभाबाट नयाँ कार्यसमिति गठन भएको छ । जसमा संचालक समिति अध्यक्षमा पुन: विरेन्द्र रावल र सचिवमा मान बहादुर रावल लगाएत ९ सदस्यीय कार्यसमिती चयन भएको छ । यस्तै लेखा समिति , शिक्षा उपसमिति, ऋण उप-समिति समेत चयन भएका छन ।
बडीमालिका नगरपालिका वडा न. ८ पुजारीवाडा स्थित यस सहकारीको आफ्नै सभाहलमा आयाेजना गरिएकाे साधारणसभा कार्यक्रमा प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका निवर्तमान सभापति कविराज पण्डित रहेका थिए त्यस्तै विशिष्ट अतिथि नेपाली काँग्रेस बाजुरा प्रदेश ख का सहसचिव महेन्द्र रावल, बडिमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकास रावल, अतिथीमा नेपाली काँग्रेस बडीमालिका नगर कमिटि सचिव कर्ण ब रावल र वडा सभापती बिर बहादुर थापा थिए ।
सहकारी संस्थाका अध्यक्ष विरेन्द्र रावलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सहकारीका सचिव मान बहादुर रावलले गरेका थिए । साधारणसभामा सहकारीका ५० बढी सेयर सदस्यहरूकाे सहभागिता रहेकाे थियाे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार