होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा विद्युत नियमित नभएपछि बजारबासी आक्रोसित
Breaking News

मार्तडीमा विद्युत नियमित नभएपछि बजारबासी आक्रोसित

  • नागरिक रैबार
मार्तडीमा विद्युत नियमित नभएपछि बजारबासी आक्रोसित

नागरिक रैबार/बाजुरा ३० पुस। जिल्लाको सदरमुकाम मार्तडीमा विद्युत अनियमित भएपछि बजारबासी आक्रोसित बनेका छन् ।मार्तडीमा विद्युत नियमित नभएको भन्दै मार्तडी बजार व्यवस्थापन समितिले विहिबार बडीमालिका नगरपालिका र जिल्ला प्रशासन कार्यालय, त्रिवेणी साना जलविद्युत केन्द्र र विद्युत प्राधिकरणलाई ज्ञापन पत्रसमेत बझाएका छन् ।

मार्तडी बजार ब्यबस्थापन समितिले माघ २ गते देखी विद्युत नियमितको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने समेत घोषणा गरेको छ ।मार्तडी बजारमा बिद्युत नियमित नहँुदा बजारमा रहेका आम उपभोक्ता र व्यवसायीहरुले हैरानी खेप्नुपर्ने बाध्यता भएको भन्दै बजार ब्यबस्थापन समितिले ज्ञापन पत्र बुझाएको बजार ब्यबस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिएका छन ।

दैनिक ६ देखी १० घण्टाको लोडसेडीङले बजारबासीले हैरानी खेप्तै आएकोले सोको समाधान तत्काल गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।बिज्ञप्तीमा उल्लेख गरिए अनुसार माघ २ गते देखी दिउसो टर्चलाईट बालेर आन्दोलन गर्ने जनाएको छ । त्यसै गरी जिल्ला प्रशासन कार्यालय बाजुरा, बिद्युत प्राधिकरणको कार्यालय र त्रिबेणी बचत तथा रिण सहकारी संचालित बाजुरा साना जलबिद्युत केन्द्रमा तालाबन्दी गर्ने बजार ब्यबस्थापन समिति बाजुराले जनाएको छ ।

विज्ञापन

त्यसै गरी कालो पट्टी बाधेर बजारमा नाराजुलुस गर्ने, नगरपालिकामा धर्ना दिने लगायतका कार्यक्रमहरु तय गरिएको बजार ब्यवस्थापन समिति बाजुराले जनाएको छ । यातायात समेत अबरोध गर्नुका साथै बजार बन्द समेत गर्ने कार्यक्रम रहेको बजार ब्यबस्थापन समितिको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार