होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडीमा राष्ट्रिय प्रशारण लाईन जडान गर्ने तयारी अन्तिम चरणमा
बाजुरा बिशेष

मार्तडीमा राष्ट्रिय प्रशारण लाईन जडान गर्ने तयारी अन्तिम चरणमा

  • नागरिक रैबार
मार्तडीमा राष्ट्रिय प्रशारण लाईन जडान गर्ने तयारी अन्तिम चरणमा

नागरिक रैबार
बाजुरा ९ माघ
बाजुराकाे सदरमुकाम मार्तडीमा आज साँझबाट संचालन हुने गरि राष्ट्रिय प्रशारण लाईन जडान गर्ने तयारी अन्तिम चरणमा पुगेकाे छ ।
राष्ट्रिय प्रशारण लाईन आजसाँझबाट सदरमुकाम मार्तडीमा जडान गर्नका लागि तयारी अन्तिम चरणमा पुगेकाे बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् ।
उहाँका अनुसार सदरमुकाम मार्तडीलाई लक्षित गरेर आजबाट पहिलाेपटक मार्तडीमा ११ केभिकाे लाईन जडान गरिनेछ ।
सदरमुकाम मार्तडीमा विद्युत आपूर्तिकाे माग गर्दै नागरिक समाज बाजुराले ३ दिनसम्म आन्दाेलन समेत गरेकाे थियाे ।
नागरिक समाज बाजुराले विद्युत आपूर्तिकाे माग गर्दै बाजुरा वितरण केन्द्रमा तालाबन्दी गरेपछि मार्तडीमा राष्ट्रिय प्रसारण लाईन जडान गर्न विद्युत प्राधिकरण तयार भएकाे थियाे ।
२०४६ सालमा स्थापना भएकाे बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले संचालन गर्दै आएकाे थियाे ।
२ सय किलाेवाट उत्पादन क्षमताकाे विद्युतले मार्तडीमा लाेड धान्न नसकेपछि त्रिवेणीले दैनिक जसाे लाेडसेडिङ गर्दै आएकाे थियाे  ।
दैनिक ५ देखि ८ घण्टाकाे लाेडसेडिङकाे मार खेप्दै आएका सदरमुकामबासी राष्ट्रिय प्रसारण लाईन जडान हुने भएपछि खुसि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार