होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाज
  • पूर्व मन्त्री शाहद्धारा एयरपोर्टका लागि डिपिआर हुन लागेको स्थलको अनुगमन
समाज

पूर्व मन्त्री शाहद्धारा एयरपोर्टका लागि डिपिआर हुन लागेको स्थलको अनुगमन

  • नागरिक रैबार
पूर्व मन्त्री शाहद्धारा एयरपोर्टका लागि डिपिआर हुन लागेको स्थलको अनुगमन

नागरिक रैबार/बाजुरा २९ पुस। सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री प्रकाश शाहले जिल्लाको बडीमालिका नगरपालिका ९ स्थित कफल्टामा एयरपोर्टका लागि डिपिआर हुन् लागेको स्थलको अनुगमन गरेका छन् ।

No description available.

बाजुराको प्रदेश (ख) सांसद समेत रहेका पूर्वमन्त्री शाहले बुधबार सो ठाउँमै पुगेर स्थलगत अनुगमन गरेका हुन् । स्थलगत अनुगमनपछि मन्त्री शाहले उक्त ठाउँमा बिमान स्थल बनाउन योग्य रहेको बताएका छन ।

विज्ञापन

बाजुराको तल्लो क्षेत्रका नागरिकहरुको सुविधाका लागि कफल्टामा एयरपोर्ट निर्माणका लागि डिपिआर तयार गर्न प्रदेश सरकारबाट २० लाख रकम विनियोजन गरेको समेत उहाँले बताएका छन् ।

No description available.

जिल्लाको तल्लो क्षेत्रमा सडक संजालले हैरानी खेप्दै आएकोले यो क्षेत्रमा बिमान स्थल आबस्यक छ भन्दै बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले प्रदेश सरकार संगको समन्वयमा डिपिआरको तयारी भईरहेको बताएका छन् ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहसंग भेटेर छलफल पछि सो कार्य अगाडी बढाउन बजेटको ब्यबस्था गरिएको मन्त्री शाहले बताएका छन् ।

No description available.
सामान्य उपचारका लागि समेत लामो समयसम्म बसमा यात्रा गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता भएकोले यसको अन्त्यको लागि मार्तडीमा एअरपोर्ट निर्माण गर्ने गरि तयारीमा लागिएको बडीमालिका नगरपालिका नगर प्रमुख बडुवालले बताए

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार