होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाको ७ मा ६ करोडबढीकाे लगानिमा फनपार्क निर्माण हुने
समाचार

बडीमालिकाको ७ मा ६ करोडबढीकाे लगानिमा फनपार्क निर्माण हुने

  • नागरिक रैबार
बडीमालिकाको ७ मा ६ करोडबढीकाे लगानिमा फनपार्क निर्माण हुने

नागरिक रैबार बाजुरा ४ माघ । जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा करिव ५ करोड भन्दा बढिकाे लागतमा कालाजग्रा फनपार्क निर्माण हुने भएको छ ।

बडीमालिका ७ काे ढम्कने सरस्वति आधारभुत विद्यालय नजिकैकाे २२ राेपनी जग्गामा निर्माण हुन् लागेको कालाजग्रा फनपार्कको साेमबार एक कार्यक्रमका बिच बाजुराका सांसद लालबहादुर थापाले शिल्यान्यास गरेका छन् ।

सबै गरेर करिव ६ करोड ६२ लाख २० हजार ४ सय ३१ रुपैयाँको लागतमा कालाजग्रा फनपार्क निर्माण हुन लागेकाे बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । कालाजग्रा फनपार्ककाे निर्माणका लागि प्याराटाईज आवरण जेभी चितवनसंग ठेक्का सम्झौता भएर निर्माण गरिने भएको वडा अध्यक्ष पाध्यायले बताएका छन् ।

विज्ञापन

नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज तथा सांसद लाल बहादुर थापाको महत्वपूर्ण भूमिका रहेको फनपार्कमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र बडिमालिका नगरपालिकाको संयुक्त सहयोगमा निमार्ण हुने भएको छ । स्थानीय संस्कार, संस्कृति र रहन सहन पनि फनपार्कको आकर्षणको केन्द्र बन्ने वडावासीको विश्वास रहेको छ ।

फनपार्कमा ३ वटा प्रशासनिक भवन, आकर्षक लाईट सहितको पिलर, विभिन्न ज्ञानवद्र्धक सामग्री, अतिथि गृह, तातो चिसो पानीको ब्यबस्था सहितको होटल, वनभोजस्थल, बगैँचा, चिप्लेटी लगायत बालबालिकाका लागि खेल्ने विभिन्न खेल सामग्री, पार्क, होटल, पसल, टिकट काउन्टर, शौचालय लगायत भौतिक संरचना निर्माण गरिने छन् । फनपार्कमा आवश्यक पर्ने अन्य भौतिक संरचना समेत निर्माण गरिने ठेकेदार कम्पनीले जनाएको छ ।

वडामा फनपार्क निर्माण हुने भएपछि स्थानीयबासी उत्साहित भएका छन् । कालाजग्रा पर्यटन प्रबद्धन समितिका अध्यक्ष लोकेन्द्र रोकायाको अध्यक्षतामा संचालन भएको शिल्यान्यास कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापा प्रमुख अतिथि रहेका थिए, सो सामितिका सचिव राम बहादुर धामीले संचालन गरेको कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले बाजुरा उप सचिव हरि बहादुर रोकाया नेकपा एमाले बाजुराका सदस्य अमर खड्का, काशी विक, बुद्धि बोगटी, तुलाराम जैशी, पुर्ब मार्तडी गाबिस अध्यक्ष नन्दराज पण्डित, बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, पत्रकार लक्ष्मीराज पाध्याय र ईस्वर नाथ रहेका थिए । कार्यक्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै केही स्थानीयको समेत उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार