होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रावलबाडा टाेल सुरक्षित खानेपानी युक्त समुदाय घोषणा
Breaking News

रावलबाडा टाेल सुरक्षित खानेपानी युक्त समुदाय घोषणा

  • नागरिक रैबार
रावलबाडा टाेल सुरक्षित खानेपानी युक्त समुदाय घोषणा

नागरिक रैबार/बाजुरा १ फागुन। जिल्लाको बडीमालिका नगरपालिका र युनिसेफ नेपालको सहयोगमा वडा नं. ८ मा एक घर एक धारा अभियान अन्तर्गत चैडिलका ४२ घरमा सुरक्षित खानेपानीका धारा निर्माण गरिएपछि उक्त टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ ।

बडीमालिका नगरापलिका र युनिसेफको आर्थिक सहयोग र कसडी खानेपानी उपभोक्ता समिति र बनाली खानेपानी उपभोक्ता समितिको आयोजनामा उक्त टोललाइ सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो ।

बडीमालिका ८ को सो टोललाई बडिमालिका नगरपालिका उप-प्रमुख कविता विष्ट र अडाध्यक्ष प्रकाश बहादुर रावलले संयुक्त रुपमा रिवन काटेर सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेका हुन् ।

विज्ञापन

एक घर एक धारा हाम्रो पहिचान सुरक्षित खोपानी युक्त समुदाय हाम्रो अभियान भन्ने मुल नारा बाकेको बडिमालिका-८ ले आफ्नो वडाका विभिन्न समुदायमा एक घर एक धारा निमार्ण कार्य सम्पन्न गर्दै आएको छ ।

सुरक्षित खोपानी युक्त समुदाय घोषणा गर्नका लागि सो समुदायमा सम्पुर्ण मापदण्ड पुरा भएको हुदाँ उक्त समुदायलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको युनिसेफ नेपालका कार्यक्रम संयोजक राजेन्द्र जैशीले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी  बडिमालिका नगरपालिका उप्र प्रमुख कविता बिष्टले सो टोलका स्थानीयलाई सुरक्षित खोपानीको सबैले सहि सदुपयोग गर्न आग्रह गरेकी छन् ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका बडिमालिका–८ का वडाध्क्ष प्रकाश बहादुर रावलले समाजको बिकासका लागि कहिले पनि पछि नहट्ने बताएका छन् ।

कसडी खोपानी उपभोक्ता समितिका अध्यक्ष विर बहादुर रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिका उप-प्रमुख कविता बिष्ट रहनुभएको थियो, विशिष्ट अतिथिमा बडिमालिका-८ का वडाध्यक्ष प्रकाश रावल,अतिथिमा बडिमालिका नगरपालिका सव इन्जिनियर राजेन्द्र जैशी,त्रिवेणी सहकारीका अध्यक्ष तथा समाजसेवी अशोक रावल, पत्रकारहरु लगाएत दुई वटै उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीयको भब्य उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार