होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिउँ नपग्लिदाँ मार्तडी-कोल्टी सडकमा आवतजावत गर्न समस्या
समाचार

हिउँ नपग्लिदाँ मार्तडी-कोल्टी सडकमा आवतजावत गर्न समस्या

  • नागरिक रैबार
हिउँ नपग्लिदाँ मार्तडी-कोल्टी सडकमा आवतजावत गर्न समस्या

नागरिक रैबार/बाजुरा २८ माघ । बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकाको विचमा पर्ने पोरखे लेख क्षेत्रमा परेको हिउँ हप्ता वित्न लाग्दा समेत नपग्लिएपछि दैनिक आवतजावतमा समस्या भएको छ । पोरखे लेख क्षेत्रको सडक तथा पैदल बाटोमा परेको बाक्लो हिमपात नपग्लिएकै कारण बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वी उत्तरी क्षेत्रमा संचालन हुने यातायातका साधान र पैदलयात्रा गर्ने स्थानीयहरुलाई समस्या भएको हो ।

जिल्लाको सदरमुकाम मार्तडी देखि कोल्टीसम्मको मुख्य सडक अन्तरगत पर्ने पोरखे लेखको सडकमा बाक्लो हिउँ जमेको र सडक हिलाम्मे भएकै कारण यहाँका स्थानीयहरु जोखिमपूणर् यात्रा गर्न बाध्य भएका छन् ।

पोरखे लेख क्षेत्रको सडकमा जमेको हिउँ हप्तादिन वित्न लाग्दा समेत हटाउन सम्वन्धित निकायहरुबाट पहल नभएपछि पूर्वीउत्तरी क्षेत्रका ३ गाउँपालिका र १ नगरपालिकासहित छिमेकि जिल्ला मुगु र हुम्लासम्मका स्थानीयको मुख्य आवतजावत गर्ने मार्तडी-कोल्टी सडक पूणर्रुपमा संचालनमा आउन सकेको छैन् ।

विज्ञापन

पोरखे लेखमा परेको हिउँकै कारण सदरमुकाम मार्तडीबाट कोल्टीतर्फ चल्ने यातायातका साधानहरु विचबाटोमै अलपत्र पर्ने गरेका छन् । पोरखे लेखमा ‘बाक्लो हिउँ जमेर सडक तथा पैदलमार्ग ढाकिएको छ । सडकमा जमेको हिउँ समेत नपग्लिँदा यातायातका साधानहरु सडकमा चिप्लिने गरेका छन् ।

पोरखे क्षेत्रमा वर्षा हुने वित्तिकै हिउँ पर्ने गर्छ । अघिल्लो पुष १४ गते परेको हिउँ पग्लिन नपाउँदै माघको तेस्रो साता पोरखे लेखमा पुनः हिमपात भएको थियो । हिउँ जमेर सडक तथा पैदलमार्ग पूणर् रुपमा संचालन नभएपछि कोल्टी क्षेत्रका लागि आवश्यक पर्ने खाद्यान्न, औषधि लगायतको आपतकालीन आवश्यकताको अभाव हुने देखिएको छ ।

मार्तडी कोल्टी सडक हिमपातकै कारण पूणर् रुपमा संचालनमा नआएपछि सदरमुकाम मार्तडीमा आउने सिकिस्त बिरामीहरुलाई समेत समस्या भएको छ ।बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकाको सिमाना पर्ने पोरखे क्षेत्रमा यस वर्ष करिव तीन फिट हिमपात भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार