होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • विद्यार्थी नेता जंग विकले बाँडे जन्मदिनकाे अवसरमा विद्यार्थीलाई स्टेशनरी सहयाेग
स्वास्थ्य-जीवनशैली

विद्यार्थी नेता जंग विकले बाँडे जन्मदिनकाे अवसरमा विद्यार्थीलाई स्टेशनरी सहयाेग

  • नागरिक रैबार
विद्यार्थी नेता जंग विकले बाँडे जन्मदिनकाे अवसरमा विद्यार्थीलाई स्टेशनरी सहयाेग

नागरिक रैबार
बाजुरा ८ माघ । अनेरास्ववियुकाे केन्द्रीय सचिवालय सदस्य विद्यार्थी नेता जंग विकले आफ्नाे जन्म दिनकाे अवसर पारेर बडीमालिका ८ मा रहेकाे द्वारीका प्राविका विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयाेग गरेका छन् ।
आज माघ ८ गते परेकाे आफ्नाे ३२ अाै जन्म दिनकाे अवसरमा विकले द्वारीका प्रावि बाउलीमा पुगेर विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयाेग गरेका हुन् ।

जन्मदिनलाई भड्किलो खर्च गरेर मनाउनु भन्दा विद्यार्थीकाे पढाईलेखाईमा सहयाेग पुगाेस भन्ने उदेश्यले आफ्नो जन्मदिनकाे अवसरमा स्टेशनरी सहयाेग गरेकाे बताएका छन् ।
जन्मदिनकाे पावन अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयाेग गरेपछि विद्यालयका प्रधानाध्यापक अमर विकले धन्यवाद व्यक्त गरेका छन् ।

विद्यार्थी नेता जंग विककाे जन्माेत्सवकाे अवसरमा विद्यालयमा एक आैपचारिक कार्यक्रमकाे आयाेजना गरि ३२ आै जन्मदिवश मनाईएकाे हाे ।
विककाे जन्माेत्सव तथा विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयाेग कार्यक्रममा बडीमालिका ९ का वडा अध्यक्ष लालचन्द नेपाली, विद्यालयका विव्यस अध्यक्ष देवबहादुर सार्की, प्रधानाध्यापक अमर विक, एमाले जिल्ला कमिटी सदस्य कल्पना महत, नगर कमिटी सदस्यद्वय दुर्गा थापा, डव्वले विक, शिक्षक मानबहादुर सार्की, गाेरख विक, किसान लघुवित वित्तिय संस्थाका कर्मचारी भानुभक्त जैशी लगायत सहभागी भएका थिए ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार