होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई […]
नागरिक रैबार/बाजुरा २६ साउन। नेकपा एमाले बाजुराले सुदूरपश्चिमको एकमात्र पहाड जोड्ने भीमदत्त राजमार्ग तत्काल सुचारु गर्न माग गरेको छ । प्रेस विज्ञप्ती प्रकाशित गर्दै नेकपा एमाले बाजुराले अबरुद्ध राजमार्ग प्रति सरकारको ध्यानाकर्षण गराएको हो । भिमदत्त राजमार्ग अबरोध हुँदा सुदूर पश्चिमका पहाडी जिल्लाको आगवनमा समस्या भएकोले बैकल्पीक मार्गका रुपमा रहेका सडकहरु सञ्चालनमा ध्यान दिन पनि […]
नागरिक रैबार/बाजुरा २६ साउन।भोलि २७ देखि २९ गतेसम्म मनसुन सक्रिय रहने भएकोले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाबासीलाई आग्रह गरेको छ । प्रशासनले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २७ गते शनिबार देखि २९ गते सोमबार सम्म देशभका पहाडी भु-भागमा अत्याधिक वर्षासंगै पहिरो जान सक्ने र खोलानालाहरु बढेर बाढी आउन सक्ने जोखिम् भएकोले […]
नागरिक रैबार/बाजुरा २६ साउन।बाजुरको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाका १६ वटा टोल विकास संस्थालाई स्टेशनरी र सरसफाई सामाग्री वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमका विच सेवा क्षेत्र भित्र रहेका १६ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । साथै वडा कार्यालयले वडा […]
नागरिक रैबार/बाजुरा २६ साउन। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ६ ले वडाभित्र सरसफाई अभियान संचालन गरेको छ । ६ नम्वर वडा कार्यालयको साउन २४ गते बसेको वडा समिति र सर्वपक्षीय भेलाले सरसफाइ अभियान सन्चालन गर्ने निणर्य गरेको थियो । सोही निणर्य अनुसार वडाभित्रका जनप्रतिनिधि, स्थानीयहरुको सक्रियतामा टोलटोल र गोरेटो बाटाे, सार्वजनिक धाराहरुको सरसफाइ गरिएको हो […]
नागरिक रैबार/बाजुरा २६ साउन । बडीमालिका नगरपालिकाका उपमेयर नन्दा कुमारी थापाले विहिबार पालिकाभित्र रहेका स्थानीय बजारहरुको छड्के अनुगमन गरेकी छन् । वर्षातको सयममा स्थानीय बजारहरुमा कालोबजारी, दैनिक उपभोग्य खाद्य सामाग्रीको मुल्य वृद्धि लगायत हुन नदिन उपमेयर थापाले छड्के अनुगमन गरेकी हुन् । नगरपालिकाकी अनुमगन समिति संयोजक समेत रहेकी उपमेयर थापाले स्थानीय बजारहरुमा मापदण्ड अनुसार पसलहरु […]
नागरिक रैबार/बाजुरा २५ साउन। अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवालय सदस्य स्वर्गिय चेतनदीप ऐडीको हत्याको घटनालाई लिएर प्रतिनिधि सभा सदस्य एवं काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले दिएको गैर जिम्मेवार अभिव्यक्ति प्रति अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले आपत्ति जनाएको छ । सांसद पाण्डेले नेपाल प्रेस युनियन बाजुराले हिजो (बुधबार) विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको गैर […]
नागरिक रैबार/बाजुरा २४ साउन। बाजुरामा दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न अनेरास्ववियु बाजुराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र मार्फत माग गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भोटेको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय बाजुरामा गएर प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई बजारमा भएको कालोबजारी नियन्त्रणमा प्रशासनले ध्यान दिनु पर्ने माग राखेको हो । […]
नागरिक रैबार/बाजुरा २४ साउन । सुदूरपश्चिम प्रदेश बाजुरा (ख) सांसद पदम बहादुर शाहीले बाजुराका तिन खोलामा बेलिवृज पुलको जडानका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले बुधबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे प्रदेश सांसद शाहीले बाजुरा ३ वटै नदिमा बेलिब्रिज जडानको प्रक्रिया अगाडि बढाउने बताएका हुन्। […]
नागरिक रैबार/बाजुरा २४ साउन।नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाजुराका प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले त्रिवेणीका चेतन अयडीको मृत्युलाई हतियार बनाएर निर्दोष मान्छेहरुलाई फसाउने काम भईरहेको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले बुधबार विहान सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद पाण्डेले निर्वाचनका बेला ज्यान गमाएका चेतन अयडीको मृत्युलाई हतियार बनाएर निर्दोषहरुलाई फसाउने काम […]
नागरिक रैबार/बाजुरा २२ साउन।बाजुराको बुढीनन्दा नगरपालिका २ मा रहेको धुपागाड खोलामा युवाहरुको सक्रियतामा काठेपुल निर्माण गरिएको छ । आईतबार राति परेको अबिरल बर्षासंगै धुपागाड खोलामा आएको बाढीका कारण काठेपुल बगाएपछि आउजाउमा समस्या भएको थियो । खोलाले काठेपुल बगाएर स्थानीयहरुलाई आउजाउ गर्न समस्या भएको थाहा पाएपछि राष्ट्रिय युवा संघ नेपाल बाजुराका सचिव विस्न कार्कीको नेतृत्वमा उक्त […]
नागरिक रैबार/बाजुरा २२ साउन । बाजुरामा माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि (पुरक) परिक्षामा १२ सय ७९ बिद्यार्थीहरु सहभागी हुने भएका छन । गएको चैत्र १७ गतेको एसईई परिक्षामा केही विषयमा अनुतिर्ण भएका र ग्रेडवृद्धि गर्न चाहने बिद्यार्थीहरु सहभागी हुने भएका हुन् । जिल्ला भरिका ५ सय ७५ जना छात्र र ७०४ जना छात्रा गरेर कुल […]
नागरिक रैबार/ बाजुरा २१ साउन। जिल्लाका गाैमुल गाउँपालिकाले पशुचाैपायमा महामारीका रुपमा देखिएको “लम्पी स्कीन” रोग विरुद्धको खोप लगाउन प्राविधिकहरुलाई गाउँगाउँमा खटाएको छ । गाउँपालिकाले पशुचाैपायमा देखिएको लम्पी स्कीन रोगका विरुद्ध खोप लगाउन पुश प्राविधिकहरुको टोली गाउँगाउँमा खटाएको हो । गाउँपालिका भरि व्यापक रुपमा फैलिएको लम्पी स्कीन रोग विरुद्धको खोप गाउँपालिकामा पुगेपछि पशु प्राविधिकहरुको टोलीलाई गाउँगाउँमा […]
नागरिक रैबार/बाजुरा २१ साउन।बाजुरा जिल्लाको स्वास्थ्य उपचार समस्या र सेवाको सुधार गर्न माग गर्दै स्वतन्त्र राजनीतिक अभियान्ता हेमराज थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण गराएका छन् । बाजुरामा स्वास्थ्य उपचार सेवा प्रभावकारी नभएर बाजुरेली जनताले अकालमै ज्यान गुमाउनु परेको र जिल्लामा दरवन्दी अनुसार स्वास्थ्य कर्मीको अभाव भएको भन्दै स्वास्थ्य मन्त्री बस्नेतलाई मन्त्रालयमै […]
नागरिक रैबार/बाजुरा २१ साउन। बाजुरामा विद्युत अनियिमत भएको र जनताले विद्युतको समस्या दिनहुँ झेल्नु परेको भन्दै एमाले निकट अनेरास्ववियुले नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अनियमित हुने गरेको भन्दै अनेरास्ववियु बाजुराले विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो । विगत १ महिना यता प्रत्येक दिन विद्युत सेवा अनियमित […]
बाजुराः बाजुरामा भालुको आक्रमणबाट २५ बाख्रा मरेका छन्।जिल्लाको हिमाली गाउँपालिका–१ टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परेका हुन्। साथै भालुको आक्रमणबाट पाँच बाख्रा घाँइते भएका छन्। बिहीबार दिउँसो गैरी पाटनको जंगलमा चरिरहेको बेला जंगली भालुले आक्रमण गरी बाख्रा मारेको प्रहरीले जनाएको छ। दुई बाख्राका आँखा झिकेर खाएको र २८ बाख्रालाई भालुले मारिफालेको स्थानीय दलवीर […]
नागरिक रैबार/बाजुरा १७ साउन । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सुदूरपश्चिमकाे प्रमुख धार्मिक स्थल बडीमालिका क्षेत्रमा ११ औं बैठक गर्ने निर्णय गरेको छ । अनेरास्ववियुकाे हिजाे मार्तडीमा बसेकाे १० बैठकले अर्काे ११ औं बैठक धार्मिक स्थल बडीमालिका क्षेत्रमा बस्ने निर्णय गरेकाे अध्यक्ष दिलबहादुर थापा भाेटेले बताएका छन् । त्यस्तै बैठकले बर्षादको समयमा हुने विपदजन्य घटनामा […]
नागरिक रैबार/बाजुरा १७ साउन।राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा बुधबारदेखि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । सदरमुकाम मार्तडीस्थित नेकपा एमाले जिल्ला कमिटी बाजुराको पार्टी कार्यालयको एक कोठामा आफ्नो सम्पर्क कार्यालय रहने गरी कार्यालय स्थापना गरिएको सचिव विष्न कार्कीले बताएका छन् । कार्यालयको एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवदेखि प्रत्येक महिनाको १ र १५ गते पुरुष र महिलाविच देउडा खेल संचालन हुने भएको छ ।सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले महिनाको १ र १५ गते लाईभ देउडा संचालन गरिने भएको हो । लाईभ देउडाको पहिलो दिन हिजो साउन १५ गते चर्चित […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ४ वटा वडा सचिव विहिन बनेका छन् । ७ वटा वडा रहेको खप्तड क्षेडेदहमा ४ वटा वडा सचिव बिहिन बनेका हुन् । २, ३, ४ र ७ नम्वर वडामा वडा सचिव नहुँदा स्थानीयहरु अहिले वडामा हुने विभिन्न कामका लागि गाउपालिकाको कार्यालय धाउने गरेका छन् । वडा कार्यालयमा […]