होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा विद्युत नियमित गर्न अनेरास्ववियुको विद्युत प्राधिकरणसंग माग
समाज

बाजुरामा विद्युत नियमित गर्न अनेरास्ववियुको विद्युत प्राधिकरणसंग माग

  • नागरिक रैबार
बाजुरामा विद्युत नियमित गर्न अनेरास्ववियुको विद्युत प्राधिकरणसंग माग

नागरिक रैबार/बाजुरा २१ साउन। बाजुरामा विद्युत अनियिमत भएको र जनताले विद्युतको समस्या दिनहुँ झेल्नु परेको भन्दै एमाले निकट अनेरास्ववियुले नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अनियमित हुने गरेको भन्दै अनेरास्ववियु बाजुराले विद्युत प्राधिकरणलाई  ध्यानाकर्षण गराएको हो । विगत १ महिना यता प्रत्येक दिन विद्युत सेवा अनियमित हुदै आएको छ ।  साँझ पख केहि समय विद्युत नियमित भएपनि दिउँसो भने झ्याप झुप हुँदा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै अनेरास्ववियुले विद्युत प्राधिकरण बाजुराका प्रमुख ललित कुमार मण्डललाइ ध्यानकार्षण गराएको अनेरास्ववियुका अध्यक्ष दिल थापा भोटेले बताएका छन् ।

विद्युत अनियमित हुँदा  पुरक परिक्षा दिन सदरमुकाम आएका एसइइका बिध्यार्थी र सदरमुकाम मार्तडीका विभिन्न कार्यालयहरुमा सेवा प्रवाहमा समस्या भएको भन्दै प्राधिकरणको कार्यालयमै पुगेर अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।

विज्ञापन

राष्ट्रिय प्रसारण लाइनको विद्युत अवरुद्ध भएको बेला मार्तडीको पुरानो साना जलबिद्युतलाई सूचारु गरेर विद्युत नियमित गर्न अनेरास्ववियुले प्राधिकरणस‌ग माग राखेको छ । मार्तडीमा विद्युत सेवा नियमित सूचारु गर्नका लागि १ हप्ताको समय दिएको र हप्तादिन भित्र विद्युतको समस्या समाधान नभए थप आन्दोलनका गतिविधि अगाडी बढाउने  अनेरास्ववियु बाजुराले जनाएकाे छ ।

यता बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले भने हप्तादिन भित्र विद्युतको सेवा नियमित गर्ने आश्वासन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार