होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • चोयाकोट माविमा “नमस्कार” अभियान सूरु
समाज

चोयाकोट माविमा “नमस्कार” अभियान सूरु

  • नागरिक रैबार
चोयाकोट माविमा “नमस्कार” अभियान सूरु

नागरिक रैबार/बाजुरा ३० साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ३ स्थित चोयाकोट माद्यमिक विद्यालयले “नमस्कार” अभियान थालनी गरेको छ ।

May be an image of 9 people, people studying and text

चोयाकोट माविको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्याथी, परिवर्तनसिल आमा समुह तथा वडाका सरोकारवाला निकायसंगको सहकार्यमा विद्यालयमा “नमस्कार” अभियान थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् ।

विज्ञापन

May be an image of 13 people and people studying

साउन २९ गतेबाट विद्यालयमा थालनी गरिएको “नमस्कार” अभियान करिव १ महिनासम्म संचालन गरिने भएको छ ।
“नमस्कार” अभियान संचालन पश्चात प्रत्येक दिन विहान ९ः४० भन्दा अगाडि शिक्षक, सदन क्याप्टनसंगै विव्यस सदस्य र अविभावकहरुले विद्यालयको प्रवेशद्धारको मुल गेटमा उभिएर विद्यार्थीहरुलाई नमस्कार गर्नुका साथै अविभावकले आफ्नो बालबालिकाको पढाइको बारेमा शिक्षकसंग छलफल तथा विद्यालयका गतिविधि नियाल्न यो अभियानले सहज हुने विव्यस अध्यक्ष खड्काले बताएका छन् ।

May be an image of 9 people

“नमस्कार” अभियानले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अनुशासित हुन उत्प्रेरणा मिल्नुका साथै शिक्षक गुरुहरु तथा अभिभावक प्रति गर्नुपर्ने सम्मानको संस्कारमा र विद्यार्थीको पढाइमा बृद्धि हुने अपेक्षा गरिएको विद्यालयका प्राधानाध्यापक गोरख बहादुर थापाले बताएका छन् ।

विद्यालयमा “नमस्कार” अभियानको थालनी गरिएसंगै आगामी दिनहरुमा विद्यार्थीहरुलाई उत्प्रेरणा दिने कक्षाहरु पनि सञ्चालन गरिने विव्यस अध्यक्ष खड्काको भनाई छ ।

May be an image of 6 people, people studying, crowd and text

“नमस्कार” अभियान कार्यक्रममा नेपाल स्काउटका सुदूरपश्चिम प्रदेश प्रमुख नरेन्द्र थापाले विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका ८० बढी विद्यार्थी र विद्यालयका शिक्षकलाई अध्ययन/अध्यापनमा अभिप्रेरित गर्नका लागि प्रशिक्षण गरेका थिए । साथै थापाले नेपाल स्काउटका काम कर्तव्यका बारेमा समेत उनीहरुलाई जानकारी गराएका थिए ।

May be an image of one or more people and text

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष डवल रोकायाले विद्यालयको चौतर्फी विकासका लागि आवश्यक बजेटको व्यवस्था गरेको जानकारी गराएका थिए ।

“नमस्कार” अभियान कार्यक्रममा बडीमालिका नगरपालिका ३ का वडा अध्यक्ष डवल रोकाया, नेपाल स्काउट सुदूरपश्चिम प्रदेशका प्रमुख नरेन्द्र थापा, विव्यस अध्यक्ष कृष्णबहादुर खड्का, विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापा, शिक्षक धनबहादुर रावल लगायत शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

May be an image of 4 people, people studying and text

विद्यालयमा “नमस्कार” अभियानको थालनी गर्नेमा बाजुरा जिल्लाका सामुदायिक विद्यालयमै चोयाकोट मावि पहिलो बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार