होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सांसद पाण्डेकाे अभिव्यक्तिमाथि छानविन गर्न युवा संघ र अनेरास्ववियुकाे माग
देश/प्रदेश

सांसद पाण्डेकाे अभिव्यक्तिमाथि छानविन गर्न युवा संघ र अनेरास्ववियुकाे माग

  • नागरिक रैबार
सांसद पाण्डेकाे अभिव्यक्तिमाथि छानविन गर्न युवा संघ र अनेरास्ववियुकाे माग

नागरिक रैबार/बाजुरा २५ साउन। अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवालय सदस्य स्वर्गिय चेतनदीप ऐडीको हत्याको घटनालाई लिएर प्रतिनिधि सभा सदस्य एवं काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले दिएको गैर जिम्मेवार अभिव्यक्ति प्रति अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले आपत्ति जनाएको छ ।

सांसद पाण्डेले नेपाल प्रेस युनियन बाजुराले हिजो (बुधबार) विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको गैर जिम्मेवार अभिव्यक्ति प्रति अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले आपत्ति जनाएको छ ।

मार्तडीमा बिहिबार सयुक्त पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले अदालती प्रक्रियामा रहेको विषयलाई लिएर सांसद जस्तो जिम्मेवार व्यक्तिबाट कानुनी राज्य र न्यायको सिद्धान्त विपरित दिएको अभिव्यक्तिको घोर भत्र्सना गरेको जनाएकोे छ ।

विज्ञापन

आम नागरिकको साझा पद धारण गरेको सांसद जस्तो जिम्मेवार व्यक्तिले अदालतलाई बाहिर राखेर कानुनी राज्यको उपहास हुने र कानुनको बर्खिलापमा बोल्ने कुरा पदको गरिमा घट्ने, जनमतको नै अपमान हुने र सिंगो जिल्लाको बेइज्जती हुने कार्य हो, भन्ने हाम्रो ठहर हो अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा घाइते अवस्थामा ज्यानको सुरक्षाका लागि घर भित्र बसेका चेतनलाई बाहिर निकालेर अमानवीय चरित्र भएका दानवरुपी व्यक्तिहरुले हातहतियार, ढुंगा, लाठी र भालाहरु प्रयोग गरि कुटीकुटी विभत्र्स रुपमा गरिएको हत्यालाई समेत मजागको विषय बनाउने सांसदको अभिव्यक्तिको छानवीन गर्न प्रहरी प्रशासन समक्ष माग गर्ने राष्ट्रिय युवा संघ नेपाल बाजुराका अध्यक्ष मिलनजंग ऐडीेले बताएका छन् ।

निष्पक्ष छानवीनको विषयलाई चुनौति दिदै न्यायधिसको शैलीमा दिएको अभिव्यक्तिले अपराधिक गतिविधीबाटै चुनाव जितेको थप प्रमाणित आफैले पुष्टी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

एउटै घटना र समय, उही व्यवहार र योजना अनि षड्यन्त्र सहीतको हत्यामा संलग्न व्यक्तिहरु कोही दोषी कोही निर्दोषी हुन भनेर दिएको गैर जिम्मेवार अभिव्यक्तिले आफै घटनामा संलग्न भएको वा समर्थन रहेको भन्ने आफै प्रमाणित गरेको पत्रकार सम्मेलन मार्फत अनेरास्ववियुका अध्यक्ष दिलबहादुर थापाले प्रस्तुत बिज्ञप्तीमा उल्लेख छ ।

१० महिनाको अवधीसम्म सन्तान गुमाउन बाध्य परिवारलाई एक पटक भेट्ने र सहानुभूति समेत दिन नचाहेका जनप्रतिनिधीले पार्टीका कार्यकर्ताको बचाउ गर्दै घटनालाई कमजोर बनाउन खोजिएको अभिव्यक्ति आपत्तीजनक र गैर कानुनी रहेको र यस्ता अभिव्यक्तिको अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल घोर भत्र्सना गर्दछ अनेरास्ववियू र युवा संघका सयूक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

राजनीतिक हतियार बनाएर निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भनेर दिएको अभिव्यक्तिलाई प्रमाणित गरि निर्दोष फसेका भए, दोषी को हुन् ? अदालतलाई न्याय सम्पादनमा सजिलो पार्न स-प्रमाण पेश गर्न चुनौति दिन्छौं बिज्ञप्तीमा भनिएको छ ।

यदी यसो हुन नसके वा प्रमाणित नगरिए अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बद्रीप्रसाद पाण्डेको विरुद्ध प्रतिकार गर्न बाध्य हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

हत्यारालाई उन्मुक्ति दिने, हत्याराको बचाउ गर्ने, पार्टी कार्यकर्ता बचाउने बाहनामा न्याय मार्ने कुरा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले सहन र स्वीकार्न नसक्ने र चेतनको न्यायका लागि जस्तो सुकै चुनौति सामना गर्न तयार रहने पत्रकार सम्मलेनमा प्रस्तुत गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार