होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
Advertisement area
नागरिक रैबार/बाजुरा २२ साउन । बाजुरामा माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि (पुरक) परिक्षामा १२ सय ७९ बिद्यार्थीहरु सहभागी हुने भएका छन । गएको चैत्र १७ गतेको एसईई परिक्षामा केही विषयमा अनुतिर्ण भएका र ग्रेडवृद्धि गर्न चाहने बिद्यार्थीहरु सहभागी हुने भएका हुन् ।
जिल्ला भरिका ५ सय ७५ जना छात्र र ७०४ जना छात्रा गरेर कुल १२ सय बढि बिद्यार्थीले ग्रेडवृद्धि (पुरक) परिक्षाको फर्म भरेको शिक्षा विकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ ।
बाजुराका ५४ वटा माविका छात्र/छात्रा एसईइको पुरक परिक्षामा सहभागी हुनेछन् । गत असार २३ मा सार्वजनिक भएको एसईई परिक्षाको नतिजाले बाजुरामा सबै भन्दा बढि गणित र अङग्रेजीमा अनुतिर्ण भएका देखिएको र पुरक परिक्षाका लागि पनि सबै भन्दा बढी बिद्यार्थीले गणित बिषयमा नै फर्म भरेको शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।
सदरमुकाम मार्तडीमा साउन २६ र २७ गते हुने उक्त पुरक परिक्षाको तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले बताएको छ ।
पुरक परिक्षाको अघिल्लो दिन अर्थात साउन २६ गते सानो कोड भएका बिषयहरु हुने छन भने एउटै बिषय मात्रै दिनेहरुका लागि जुनसुकै बिषय भएपनि सोहि दिन हुनेछ भने पछिल्लो दिन २७ गते ठुलो कोड भएका बिषयको परिक्षा हुने भएका छन ।
त्यस्तै मार्तडीमा हुने पुरक परिक्षाका लागि पाँच ओटा परिक्षा केन्द्रहरुसमेत तोकिएका छन । जसअनुसार (क) र (ख) मालिका मावि, (ग) क्रेटर जोन एकेडेमी, (घ) बाजुरा क्याम्पस र (ङ) बालमन्दिर आधारभूत बिद्यालयहरुलाई परिक्षा केन्द्र तोकिएका छन ।
फेसबुक प्रतिक्रियाहरु