होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको स्वास्थ्य सेवा बारे हेमराजले गराए स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण
समाचार

बाजुराको स्वास्थ्य सेवा बारे हेमराजले गराए स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

  • नागरिक रैबार
बाजुराको स्वास्थ्य सेवा बारे हेमराजले गराए स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

नागरिक रैबार/बाजुरा २१ साउन।बाजुरा जिल्लाको स्वास्थ्य उपचार समस्या र सेवाको सुधार गर्न माग गर्दै स्वतन्त्र राजनीतिक अभियान्ता हेमराज थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण गराएका छन् ।

बाजुरामा स्वास्थ्य उपचार सेवा प्रभावकारी नभएर बाजुरेली जनताले अकालमै ज्यान गुमाउनु परेको र जिल्लामा दरवन्दी अनुसार स्वास्थ्य कर्मीको अभाव भएको भन्दै स्वास्थ्य मन्त्री बस्नेतलाई मन्त्रालयमै गएर हेमराज थापाले ध्यानाकर्षण गराएका हुन् ।

दुर्गम जिल्लाका अस्पतलामा आवश्यकता अनुसार स्वास्थ्य कर्मीको दरबन्दी र सुविधायुक्त औजार उपकरण उपलब्ध गराउन माग गरिएको हेमराज थापाले बताएका छन् । बाजुरामा एक राम्रो एम्बुलेन्स समेत छैन्, एक्सरे मेसिनको समेत अभाव हुने अवस्था छ, ती समस्या समाधानको माग सहीत मन्त्रीलाई भेटेर छलफल गरेको हेमराजस‌गै मन्त्रालयमा पुगेका खेमराज साउँदले जानकारी दिएका छन् ।

विज्ञापन

मन्त्री बस्नेतले तत्काल एक वटा एम्बुलेन्स उपलब्ध गराउने र आवश्यक मेसिन र उपकरणका लागि पनि प्रक्रिया पुरा गरेर सहयोग गर्ने आश्वासन दिएका छन् । बाजुरा जिल्ला अस्पतालका १० जना बढी चिकित्सक कार्यरत भएपनि दरबन्दीको एक जना पनि डाक्टर छैनन् ।

तीन महिनाको अवधीमा सुविधा सम्पन्न अस्पतालमा नपुग्दै बाटोमै चार जनाको अकालमै ज्यान गएको थियो । सामाजिक र राजनीतिक अभियानमा सक्रिय हेमराज थापाले पछिल्लो समय गृह जिल्ला बाजुराको विकास र समस्या केन्द्रीत बहस पैरवीलाई जोड दिएका छन् । थापाकै नेतृत्वको टोलीले गएको हप्ता मात्रै बाजुराका प्रतिनिधी सभा सदस्य बद्री पाण्डे र दयालबहादुर शाही जनताको सरोकारमा नबोलेको र हराएको भन्दै माइतीघर मण्डलामा दबाब मुलक प्रर्दशन गरेका थिए ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार