होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चेतनको घटनामा निर्दोष मान्छेहरु फसाउने काम भईरहेकाे छ: सांसद पाण्डे
देश/प्रदेश

चेतनको घटनामा निर्दोष मान्छेहरु फसाउने काम भईरहेकाे छ: सांसद पाण्डे

  • नागरिक रैबार
चेतनको घटनामा निर्दोष मान्छेहरु फसाउने काम भईरहेकाे छ: सांसद पाण्डे

नागरिक रैबार/बाजुरा २४ साउन।नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाजुराका प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले त्रिवेणीका चेतन अयडीको मृत्युलाई हतियार बनाएर निर्दोष मान्छेहरुलाई फसाउने काम भईरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाजुरा शाखाले बुधबार विहान सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद पाण्डेले निर्वाचनका बेला ज्यान गमाएका चेतन अयडीको मृत्युलाई हतियार बनाएर निर्दोषहरुलाई फसाउने काम भईरहेको बताएका छन् ।

साँसद पाण्डेले अहिले उक्त घटनाको विषयमा राज्य पक्षबाट थप अनुसन्धान भईरहेको र चेतनसंगै संजिव अयडीको न्याएका लागि आफु प्रतिवद्ध रहेको बताए ।

विज्ञापन

चेतन अयडी र सन्जिव अयडीको मृत्यु संग हामी दुखित छौं तर चेतनको मृत्युलाई हतियार बनाएर निर्दोष मान्छेहरुलाई फसाउने काम भईरहेको छ उनले भनेका छन् ।

अदालतमा मुद्धा विचाराधिन अवस्थामा छ यसलाई चर्चाको विषय नवनाऔं, चेतनलाई र सन्जिव दुवैजनालाई न्याय दिलाउन आफु लागि रहेको छु । घटनामा दोसीहरु उम्काउनु हुन्न र निर्दोष मान्छेहरु फसाउनु हुन्न भन्नेमा आफ्नो दृढ मान्यता रहेको पाण्डेले पत्रकार सम्मेलनमा बताएका हुन् ।

नेपाली काँग्रेसकाे आन्तरिक बिशेष अभियानका क्रममा गृह जिल्ला बाजुरा आएका सांसद पाण्डे जिल्लाका ९ वटै पालिकाका केन्द्रहरूमा कार्यकर्ता भेटघाट तथा पार्टीका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाे छ ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नगरपालिका ७ घर भएका अनेरास्ववियुका चेतन अयडी र काँग्रेस समर्थक कार्यकर्ता सन्जिव अयडीले ज्यान गुमाएका थिए ।

निर्वाचनकै दिन सन्जिवको प्रहरीले चलाएको गोली लागेर मतदान स्थलमै मृत्यु भएको स्थानीयले बताएका थिए भने चेतनको साँझ घरमा सुतिरहेको बेला काँग्रेस समर्थक कार्यकर्ताहरुको कुटाईबाट मृत्यु भएको चेतनका भाई मिलनजंग अयडीले बताएका थिए ।

चेतन घरमा सुतिरहेको बेला कांग्रेसका कार्यकर्ताले कुटपिट गरी हत्या गरेको भन्दै उनका वुवा गगन अयडीले २४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गराएका थिए ।

चेतनका बुवाले दिएको जाहेरीका आधारमा घटनामा सलग्न २४ जना मध्ये ११ जनालाई नियन्त्रणमा लिएको १ जना महिलालाई उपचारका लागि भारत पठाईएको र १० जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले बताएका छन् । प्रहरी निरिक्षक कठायतका अनुसार १३ जना अझै फरार रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार