होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका-९ मा सरसफाई अभियान कार्यक्रम सूरु
समाचार

बडीमालिका-९ मा सरसफाई अभियान कार्यक्रम सूरु

  • नागरिक रैबार
बडीमालिका-९ मा सरसफाई अभियान कार्यक्रम सूरु

नागरिक रैबार/बाजुरा २७ साउन।बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडालाई सफा र स्वच्छ बनाउन टोल स्तरीय सरसफाई अभियान कार्यक्रमको सूरुवात गरेको छ ।

आफ्नो गाउँ आफै बनाऔं सुन्दर, सफा र सभ्य समाज निर्माण गरौं भन्ने मुल उद्देश्यका साथ उक्त कार्यक्रमको आजबाट सूरुवात गरिएको वडा अध्यक्ष सूर्यकिरण विकले बताएका छन् ।

No description available.

विज्ञापन

वडा अध्यक्ष विकका अनुसार सरसफाई अभियानको शुभारम्भको पहिलो दिन आज डिआर मष्ट, जिउला बसपार्क, दुनिहाटबजार, गौडाडिल, माझगाउँ, गैरीबजार, तफान डाँडा र कारागार बसपार्क एरियाको सरसफाई गरिएको छ ।

वडा भित्र रहेका सवै टोल र बजार एरिया भित्रको फोहरलाई हप्ताको एकदिन सरसफाई गर्ने गरी आजबाट उक्त कार्यक्रम सुरुवात गरिएको सरसफाई शुभारम्म कार्यक्रमसंगै वडाको सेवा क्षेत्र भित्र पर्ने सार्वजनिक बाटो, सडक, बजार सरसफाई गरिने भएको छ ।

सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बडीमालिकाकी उपप्रमुख नन्दा कुमारी थापा, वडा अध्यक्ष सूर्यकिरण विक, वडा समितिका पदाधिकारी, वडाभित्रका १६ वटा टोल विकास संस्थाका पदाधिकारी, युवा क्लव, बालक्लवका पदाधिकारी र स्थानीय बुद्धिजिपि, व्यापारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार