होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका स्थानीय बजारमा उपमेयर थापाको छड्के अनुगमन
समाचार

बडीमालिकाका स्थानीय बजारमा उपमेयर थापाको छड्के अनुगमन

  • नागरिक रैबार
बडीमालिकाका स्थानीय बजारमा उपमेयर थापाको छड्के अनुगमन

नागरिक रैबार/बाजुरा २६ साउन । बडीमालिका नगरपालिकाका उपमेयर नन्दा कुमारी थापाले विहिबार पालिकाभित्र रहेका स्थानीय बजारहरुको छड्के अनुगमन गरेकी छन् । वर्षातको सयममा स्थानीय बजारहरुमा कालोबजारी, दैनिक उपभोग्य खाद्य सामाग्रीको मुल्य वृद्धि लगायत हुन नदिन उपमेयर थापाले छड्के अनुगमन गरेकी हुन् ।

नगरपालिकाकी अनुमगन समिति संयोजक समेत रहेकी उपमेयर थापाले स्थानीय बजारहरुमा मापदण्ड अनुसार पसलहरु संचालन भए नभएको बारे जानकारी लिएकि थिईन् । अनुगमनका क्रममा बढीजसो पसलहरुमा मुल्यसुचि, विना दर्ता पसल संचालन, र म्याद गुर्जेका सामाग्रीहरु भटाएको उनले बताएकि थिईन् ।

 मुल्यसुचि कुनैपनि पसलमा नभएका, धेरैजसाे पसलमा साईनवाेर्ड नभएका, केही पसलहरू कुनै कार्यालयमा पनि दर्ता नभएका, ईलेक्ट्राेनिक तराजु नभएका, सामान विक्रि गर्दा ग्राहकलाई विल नदिएका पसलहरू भेटिएका थिए भने पालिकामा कुनै पनि पसल र व्यवसाय दर्ता नै नभएका पसलहरुलाई, दर्ता प्रक्रियामा आउन निर्देशन गरिएकाे उपमेयर थापाले बताईन् ।

विज्ञापन

हिजोबाट पालिका भित्रका बजार अनुगमनका क्रममा बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको घट्मुना बजार र भौनेरा बजारबाट अनुगमनको सूरुवात गरिएको थियो । अनुगमनका क्रममा म्याद समाप्त भएका केही वस्तुहरु सोही ठाउँमा बरामद गरी नष्ट गरिएको उपमेयर थापाले बताईन् ।

वडा नम्वर २ भित्रका विभिन्न खाद्यान्न पसलहरुमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका, चाउमिन अजिना, सोयाविन, लेबल नभएका विस्कुट, चाउचाउ, खाने तेल, मसला लगायतका खाद्यान्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसलका सञ्चालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न निर्देशन समेत दिइएको छ ।

त्यस्तै अनुगमनकै क्रममा बडीमालिका नगरपालिका-९ मेलकाँधमा रहेका होटल तथा पसलहरुमा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।

अनुगमनमा बडीमालिका नगरपालिका-२ का वडा अध्यक्ष डम्मर महत, जिल्ला जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा गोकणर् रेग्मी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव रमित विक, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक दिप बहादुर रावल, नगरपालिकाका अधिकृत पुष्पराज भट्ट, कृष्ण खड्का लगायतको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार