होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दशै अगाडि नै बेलिव्रिज जडानको प्रक्रिया सूरु गर्छौः सांसद शाही
देश/प्रदेश

दशै अगाडि नै बेलिव्रिज जडानको प्रक्रिया सूरु गर्छौः सांसद शाही

  • नागरिक रैबार
दशै अगाडि नै बेलिव्रिज जडानको प्रक्रिया सूरु गर्छौः सांसद शाही

नागरिक रैबार/बाजुरा २४ साउन । सुदूरपश्चिम प्रदेश बाजुरा (ख) सांसद पदम बहादुर शाहीले बाजुराका तिन खोलामा बेलिवृज पुलको जडानका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले बुधबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे प्रदेश सांसद शाहीले बाजुरा ३ वटै नदिमा बेलिब्रिज जडानको प्रक्रिया अगाडि बढाउने बताएका हुन्।

जिल्लाको बडीमालिका नगरपालिका २ को भौनेरा, ९ र ७ को अनाई र बुढीनन्दा नगरपालिका २ को दानसाँगु खोला गरी ३ वटा ठाउँमा बेलिवृजको काम अगाडि बढाउनका लागि प्रकृयागत रुपमा अगाडि बढीरहेको साँसद शाहीको भनाई छ ।

विज्ञापन

वर्षातको समय सूरु हुनेवित्तिकै यी ३ वटै खोलाहरुमा बेलिवृज नहुँदा सदरमुकाम मार्तडी आउने र जाने सवारी साधानहरु बन्द हुने गरेका छन् ।

दशै अगाडि बर्षा रोकिने वित्तिकै यी खोलाहरुमा बेलिब्रिजको व्यवस्थापन गरेर सडक संजाललाई सदरमुकाम मार्तडीसंग नियमित जोड्ने छौं उनले भने ।

त्यस्तै उनले बाजुराको विकासका लागि आफु निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार