होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोल्टीको धुपागाड खोलामा युवाको सक्रियतामा बन्यो काठेपुल
समाचार

कोल्टीको धुपागाड खोलामा युवाको सक्रियतामा बन्यो काठेपुल

  • नागरिक रैबार
कोल्टीको धुपागाड खोलामा युवाको सक्रियतामा बन्यो काठेपुल

नागरिक रैबार/बाजुरा २२ साउन।बाजुराको बुढीनन्दा नगरपालिका २ मा रहेको धुपागाड खोलामा युवाहरुको सक्रियतामा काठेपुल निर्माण गरिएको छ ।

आईतबार राति परेको अबिरल बर्षासंगै धुपागाड खोलामा आएको बाढीका कारण काठेपुल बगाएपछि आउजाउमा समस्या भएको थियो ।

May be an image of 6 people and people climbing

विज्ञापन

खोलाले काठेपुल बगाएर स्थानीयहरुलाई आउजाउ गर्न समस्या भएको थाहा पाएपछि राष्ट्रिय युवा संघ नेपाल बाजुराका सचिव विस्न कार्कीको नेतृत्वमा उक्त खोलामा काठेपुल निर्माण गरिएको हो ।

निरन्तरको वर्षाका कारण उक्त खोलामा अहिले पानीको बहाव बढ्दै गएको छ । खोलामा पक्की पुल नहुँदा वर्षेनी यो खोला हुँदै आवतजावत गर्ने स्थानीयहरु जोखिमपूणर् तरिकाले खोलामा वारपार गर्दै आएका छन् ।

धुपागाड खोलामा आएको बाढीले काठेपुल बगाएर लिएपछि तत्काललाई आवतजावतमा सहज बनाउन राष्ट्रिय युवा संघ जिल्ला सचिव सचिव बिस्न कार्कीको नेत्तृत्वमा युवाहरु गणेश बोहोरा प्रदेश निर्वाचन क्षेत्र नं (क) संयोजक सुरेन्द्र कुमार रोकाया र बुढिनन्दा नगर कमिटिका युवाहरुको सक्रियतामा काठेपुल निर्माण गरेको छ । यस अघि राष्ट्रिय युवा स‌घ नेपाल बाजुराको बैठकले जिल्लामा विपद आउँदा युवा स‌घका युवाहरु परिचालन गर्ने निर्णय गरेको थियो ।  काठेपुल निर्माणपछि आवत जावत गर्नका लागि सहज भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार