होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुलमा “लम्पी स्कीन” रोग विरुद्धको खोप लगाउन प्राविधिक खटाईयो
समाचार

गौमुलमा “लम्पी स्कीन” रोग विरुद्धको खोप लगाउन प्राविधिक खटाईयो

  • नागरिक रैबार
गौमुलमा “लम्पी स्कीन” रोग विरुद्धको खोप लगाउन प्राविधिक खटाईयो

नागरिक रैबार/ बाजुरा २१ साउन। जिल्लाका गाैमुल गाउँपालिकाले पशुचाैपायमा महामारीका रुपमा देखिएको “लम्पी स्कीन” रोग विरुद्धको खोप लगाउन प्राविधिकहरुलाई गाउँगाउँमा खटाएको छ । गाउँपालिकाले पशुचाैपायमा देखिएको लम्पी स्कीन रोगका विरुद्ध खोप लगाउन पुश प्राविधिकहरुको टोली गाउँगाउँमा खटाएको हो ।

गाउँपालिका भरि व्यापक रुपमा फैलिएको लम्पी स्कीन रोग विरुद्धको खोप गाउँपालिकामा पुगेपछि पशु प्राविधिकहरुको टोलीलाई गाउँगाउँमा खटाएको पशु सेवा शाखाका प्रमुख लोकेन्द्र रोकायाले बताएका छन् ।

गौमुल गाउँपालिकाले लम्पी स्कीन रोगको औषधी तथा खोप व्यवस्थापन गरेपछि गाउँमा पशु प्राविधिक खटाईएको हो । ४ हजार खोप गाउँपालिकाले व्यवस्थापन गरेर तत्काल लम्पी स्कीन रोग नियन्त्रण गर्ने गरी प्रयास गरिएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

विज्ञापन

रोगले अधिकांश पशु मरिसकेको भएपनि थप जीवित पशु र रोग नलागेका केही पशुहरुलाई बचाउने गरी आफुहरु लागिरहेको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।गाउँपालिकाका ६ वटै वडाहरुमा पशु प्राविधिक औषधी र खोप सहित आज नै गाउँ–गाउँमा परिचालन गरिएको छ ।

रोगको सङ्क्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण लागि गाउँपालिकाले वडाका सबै क्षेत्रमा गाई भैंसीमा खोप अभियान सञ्चालन गरिएको हो ।लम्पी स्कीन रोगका कारण गाउँपालिकामा हालसम्म १ हजार भन्दा बढी पशुको मृत्यु भइसकेको छ । रोग नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा पशुचौपाय ओसारपसार नगर्न, चरन क्षेत्रमा नलैजान पशु सेवा शाखाले आग्रह गरेको छ ।

किसानहरुका अनुसार यो रोगको संक्रमण भएको लैनो गाईमा दुध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ । गाई भैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल गाढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखिने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार