होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियुले प्रजिअ खड्कालाई भन्याे कालाेबजारी नियन्त्रण गर्नुस्
समाचार

अनेरास्ववियुले प्रजिअ खड्कालाई भन्याे कालाेबजारी नियन्त्रण गर्नुस्

  • नागरिक रैबार
अनेरास्ववियुले प्रजिअ खड्कालाई भन्याे कालाेबजारी नियन्त्रण गर्नुस्

नागरिक रैबार/बाजुरा २४ साउन। बाजुरामा दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न अनेरास्ववियु बाजुराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र मार्फत माग गरेको छ ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भोटेको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय बाजुरामा गएर प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई बजारमा भएको कालोबजारी नियन्त्रणमा प्रशासनले ध्यान दिनु पर्ने माग राखेको हो ।

अनेरास्ववियु बाजुराले सिडियोलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ प्रचण्ड नेतृत्वको सरकार आम जनताको गास, बास र कपास जस्ता आधारभूत आवश्यकताहरु परिपुर्ति गर्नुको सट्टा सरकार आफै भष्ट्रचारमा सम्मिलित भएको आरोप छ ।

विज्ञापन

बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजार क्षेत्रका व्यापारीहरुको मनोमानि र अतिक्रमणले आम जनसमुदायमा पर्न गएको असरप्रति अनेरास्ववियु घोर बिरोध गर्दछ ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

तत्काल बजारको अनुगमन गरेर मुल्य बृद्धी र दरभाउ कायम गराउने, बजारमा बिक्रि भैरहेको दैनिक उपभोग्य सामानहरुको दरभाउ सुचना पाटी टाँस गर्नुपर्ने ज्ञापन पत्रमा अनेरास्ववियुले भनेको छ ।

समय समयमा जिम्मेवार निकायहरुले बजार अनुगमन गर्नु पर्ने भएपनि सरोकारवाला निकायहरु बजार अनुगमनमा गैर जिम्मेवार बनेको अनेरास्ववियुल आरोप लगाएको छ ।

सदरमुकाम मार्तडीमा दिनप्रतिदिन घटनाहरु बढीरहेका छन् । सुरक्षा निकायले शान्ति सुरक्षा नदिदा आम बजारबासीहरु त्रसित भइरहेको अनेरास्ववियु बाजुराको भनाई छ ।

एसईई पुरक परिक्षाको पूर्व तयारीका लागि सदरमुकाम मार्तडीमा जिल्लाका सवै स्थानीयतहका बिद्यार्थीहरु अध्ययनका लागि आइरहेका छन् ।

बजारका बिशेष ३ वटा क्षेत्र खेलकुद रोड, न्यूरोड एरिया, मालिका मावि. जिउला र कोल्टी जाने बसपार्क लगाएतका क्षेत्रहरुमा बिद्यार्थीहरुको बढ्दो चाप हुने हँुदा सो क्षेत्रमा कडाइका साथ सुरक्षा दिनु पर्नेमा प्रहरी प्रशासनले वेवास्ता गरेको अनेरास्ववियुका प्रचार प्रसार विभाग प्रमुख प्रकाश खड्काले बताएका छन् ।

कालोबजारी, मुल्य बृद्धी र शान्ति सुरक्षा कायम गर्न अनेरास्ववियु जिल्ला कमिटी बाजुरा जोडदार माग गर्दछ ज्ञापन पत्रमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार