होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आइतवारदेखि मौसम बदली भएपछि बाजुरा जिल्लामा चिसो बढ्न थालेको छ।यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्। जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। चिसो मौसमका कारण दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास […]
नागरिक रैबार/बाजुरा ४ मंसिर।नेपाल सरकारले बाजुरामा भुकम्पबाट प्रभावित बनेका परिवारहरूका अस्थायी आवास निर्माणका लागि १४ कराेड निकासा गरेकाे छ । सरकारले बाजुराका लागि १४ करोड, जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा गरेकाे हाे । सरकारले भुकम्पबाट प्रभावित जिल्लामा […]
नागरिक रैबार/बाजुरा ४ मंसिर। अनेरास्ववियुका विद्यार्थी नेता स्वर्गीय चेतनदिप अयडीकाे सम्झनामा आज मार्तडीमा स्मृति सभा गरिएकाे छ । नेकपा एमाले बाजुराकाे आयाेजनामा सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा चेतनकाे फाेटाेमा माल्यार्पण र श्रद्धाञ्जली व्यक्त गरि स्मृति सभा गरिएकाे हो । चेतनकाे गत वर्ष आजकै दिन अर्थात मंसिर ४ गते संघ र प्रदेश सभाकाे निर्वाचनकाे मतदान सम्पन्न भई […]
नागरिक रैबार/बाजुरा ४ मसिर। बाजुराबाट चल्ने बस व्यवसायीहरुले यात्रुहरुबा मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । बाजुरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर लगायतका ठाउँमा जाने यात्रुहरुसग तोकेको भन्दा बढी भाडा असुल्ने गरेको यात्रुहरुको भनाइ छ । दशै र तिहारका लागि घर आएकाहरु यति खेर जिल्ला बाहिर गइरहेका छन् । यात्रुहरुको चापलाई मध्येनजर गरी व्यवसायीहरुले […]
नागरिक रैबार/बाजुरा ४ मसिर। नेकपा एमाले बाजुराले अनेरास्ववियुका स्वर्गिय नेता चेतन अयडीको सम्झनामा आज दिउसो स्मृति सभा गर्ने भएको छ । स्वर्गिय नेता अयडीको सम्झनामा पार्टी कार्यालय मार्तडीमा आज स्मृति सभा गर्न लागिएको सचिव भरत थापाले बताएका छन् । गत वर्ष भएको संघ र प्रदेश सभाको निर्वाचनको दिन मंसिर ४ गते चेतन अयडीको सामुहीक आक्रमण […]
राजेन्द्र बिक बाजुरा ,२मंसिर /बाजुरा,हुम्ला,जुम्ला र मुगु जिल्लाका उच्च हिमालि भेगमा स्थानिय भेडा पालक भोटेहरु चिसो बढ्न थालेपछि भेडा,च्याङ्रा सहित बेसी झर्न थालेका छन् । हिउँदे सिजनको चिसोयाम शुरु हुन थाले पछी हिमाली भेगमा बस्न मुस्किल हुनेभएपछि चिसो छल्न उनिहरु बेसी झर्न थालेका हुन् । बाजुराको हिमाली गाउँपालिका १ बिच्छ्याँका छिरीङ् भोटेले हिमाली भेगमा हिमपात […]
नागरिक रैबार/बाजुरा २९ कात्तिक । बाजुरामा अटाे दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । साँफे- मार्तडी राजमार्गकाे मुख्य सडकखण्ड जिल्ला अस्पताल नजिकैकाे माेडमा अटाे दुर्घटना भएकाे हाे । बुधबार विहान बडिमालिका नगरपालिका- ६ काे बिरेखाेला बाट सदरमुकाम मार्तडी आउदै गरेकाे सुदूरपश्चिम ०१-००१-स-७४५२ नम्बरकाे अटाे जिल्ला अस्पताल नजिकैकाे तल्लाे माेडमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक।बाजुराको बडीमालिका नगरपालिकाले जाजरकोट र रुकुमका भुकम्प पीडितका लागि जनप्रतिनिधि र कर्मचारीहरुको १ दिनको तलव सहयोग गर्ने भएको छ । नगरपालिकामा हिजो (शुक्रबार) बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिम कार्तिक १७ गते गएको भुकम्पबाट घाइते भएकाको उपचार र व्यवस्थापनका लागि नगरपालिका जनप्रतिनिधि र सम्पूणर् कर्मचारी तथा शिक्षकहरुको १ दिनका तलब सहयोग […]
नागरिक रैबार/बाजुरा २३ कात्तिक ।बाजुरामा जारी अन्तरपालिका स्तरी प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिताकाे उपाधि मेल्लेख गाउँपालिका अछामले जितेकाे छ । बुढीगंगा नगरपालिकाद्वारा आयाेजित अन्तरपालिका स्तरीय भलिवल प्रतियाेगिताकाे आज भएकाे फाईनल खेलमा आदर्श गाउँपालिका डाेटीलाई हराउँदै मेल्लेख गाउँपालिकाले उपाधि जितेको हो। जितसँगै मेल्लेखले नगद १ लाख ५७ हजार ७ ७ सय ७७ सहित, ट्रफी, मेडल र […]
नागरिक रैबार/बाजुरा २२ कात्तिक । जिल्लाको हिमाली गाउँपालिकामा आजबाट ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ । हिमाली गाउँपालिकाको समन्वय तथा नेपालका साथी संस्था र मनमोहन मेमोरियल अस्पताल काठमाडौकाे प्राविधिक सहयोगमा उक्त शिविर आजबाट सूरू भएकाे हाे । कात्तिक २४ गतेसम्म संचालन हुने साे शिविरमा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नसारोग विशेषज्ञका साथै अन्य सम्पुर्ण […]
नागरिक रैबार/बाजुरा २२ कार्तिक।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले भुकुम्प पीडित १ सय २५ जनाको अस्थायी आवास (घर) निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । गत असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकुम्पका कारण बाजुरामा करिव १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए । भूकम्पका कारण सवैभन्दा बढी बुढीगंगा, त्रिवेणी […]
नागरिक रैबार/बाजुरा २१ कार्तिक।मार्तडीमा भुकम्प प्रतिकार्य कार्यक्रमको अभिमुखिकरण कार्यशाला गोष्टी सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम मार्तडी सम्पन्न भएको हो । असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट बाजुराका बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकामा पीडित बनेका ३ सय परिवारको व्यवस्थापनका लागि नगद […]
नागरिक रैबार/बाजुरा २१ कात्तिक । जिल्लाकाे हिमाली गाउँपालिकाको रयालाई केन्द्रव्निदु बनाएर आज मंगलबार मध्यान्ह १२ बजेर ५८ मिनेटमा ४ रेक्टरको भुकम्प गएको भुकुम्प मापन केन्द्र जनाएको छ । बाजुरामा गत जेठ २९ यता पहिलो पटक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । लगातार भुकम्पको पराकम्पन आउन थालेपछि जिल्लाका स्थानीयहरु त्रिसित बन्दै गएका छन् । गएकाे असाेज […]
नागरिक रैबार/बाजुरा २१ कात्तिक । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको सहकार्यमा सोमबार भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासी परिवारलाई निस्सा वितरण सुरु गरेको छ । आयोगले जिल्लामा पहिलो पटक स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ जुकोटले आफ्नो वडाका ३८ जनालाई निस्सा वितरण गरेको छ । आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले भनेः‘ हामीले पहिलो […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। बाजुराकाे बुढीगंगा नगरपालिकामा अन्तर पालिका स्तरीय प्रथम नगर प्रमुख कप भलिवल प्रतियोगिता सूरू भएकाे छ । बुढीगंगा नगरपालिकाकाे आयाेजनामा आजबाट सूरू भएकाे उक्त प्रतियोगिताकाे एक औपचारिकका विच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । बडा दशैं तथा शुभदिपालीकाे अवसर पारेर आयाेजना गरिएकाे प्रतियाेगिता […]
नागरिक रैबार/बाजुरा १९ कात्तिक । धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुँदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा जिप दुर्घटना भएको तलकाेट प्रहरी चौकी डोटीले जनाएको छ ।प्रहरीका अनुसार गाैमुल गाउँपालिका ४ घर भएका २१ वर्षका महेश बुढाले चलाएकाे ग २ […]
नागरिक रैबार।बाजुरा १७ कार्तिक। छेडेदह स्पाेट्रस क्लवले अर्काे वर्ष- २०८० मा प्रथम छेडेदह गाेल्ड कपकाे आयाेजना गर्ने घाेषणा गरेकाे छ । पाचौं छेडेदह कप फुटबल प्रतियोगिताकाे आज समापन गर्दै क्लवले अर्काे वर्ष सर्वाधिक धनराशीकाे पुरस्कार राखेर गाेल्ड कपकाे आयाेजना गर्ने घाेषणा गरेकाे हाे । दशै तिहारकाे विचमा दशरथ माविकै खेलमैदानमा गाेल्ड कपकाे आयाेजना गर्ने क्लवले […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। बाजुराकाे सदरमुकाम मार्तडीमा भाेलि कार्तिक १८ गते शंकर मल्ल, चरित्रा शाही र सुना विक बिच लाईभ देउडा हुने भएकाे छ । सुदूर साहित्य प्रतिष्ठानकाे आयाेजनामा भाेलि दिउसाे मार्तडीकाे खेलकुद मैदानमा लाईभ देउडा हुन् लागेकाे प्रतिष्ठानका अध्यक्ष हर्क कठायतले बताएका छन् । शुभ दिपावलीकाे अवसर पारेर आयाेजना गर्न लागेकाे शंकर मल्ल र […]
राजेन्द्र राेकाया/ काेल्टी १७ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिकाकाे काेल्टीमा आजदेखि प्रथम साईनिङ्ग स्टार कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । खेल जनकप्रकाश माद्यामिक बिद्यायलयमा संचालन भईरहेको छ । खेलमा २४ टिमको सहभागिता रहेको आयोज साईनिङ्ग स्टार युथ क्लबका अध्यक्ष संजय रोकायाले जानकारी दिनुभएको छ । खेलहरु भोलि बिहान ७ बजेदेखि संचालन हुने भएका छन् […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक।बाजुरामा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि त्रिवेणी एफसिले जितेकाे छ । सेमिफाईनल खेलबाट आयोजकलाई ७-० ले हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिले पाँचौ छेडेदह कपको उपाधि जितेको हो । हिजो भएको सेमिफाइनल खेलमा कन्सन बाजुरा र रानिवनविचको खेल विवादित बनेपछि आयोजकलाई हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिलाई आयोजकले स्वतः प्रतियोगिताको […]