होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकाले जनप्रतिनिधि र सवै कर्मचारीको १ दिनको तलव भुकम्प पीडितलाई सहयोग गर्ने
Breaking News

बडीमालिकाले जनप्रतिनिधि र सवै कर्मचारीको १ दिनको तलव भुकम्प पीडितलाई सहयोग गर्ने

  • नागरिक रैबार
बडीमालिकाले जनप्रतिनिधि र सवै कर्मचारीको १ दिनको तलव भुकम्प पीडितलाई सहयोग गर्ने

नागरिक रैबार/बाजुरा २५ कार्तिक।बाजुराको बडीमालिका नगरपालिकाले जाजरकोट र रुकुमका भुकम्प पीडितका लागि जनप्रतिनिधि र कर्मचारीहरुको १ दिनको तलव सहयोग गर्ने भएको छ ।

नगरपालिकामा हिजो (शुक्रबार) बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिम कार्तिक १७ गते गएको भुकम्पबाट घाइते भएकाको उपचार र व्यवस्थापनका लागि नगरपालिका जनप्रतिनिधि र सम्पूणर् कर्मचारी तथा शिक्षकहरुको १ दिनका तलब सहयोग गर्ने निणर्य गरेको नगरप्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

कार्तिक १७ गते गएको बिनासकारी भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको घटनामा परेका पिडीतहरुको सहयोगका लागि नगरपालिकाको कार्यपालिका बैठकबाट सो निणर्य गरिएको प्रबक्ता पाध्यायले बताएका छन ।

विज्ञापन

बैठकले जाजरकोट तथा रुकुम पश्चिममा गएको भुकम्पबाट मृतक बनेका प्रति श्रद्धाञ्जली र घाइतेहरुको शिर्घ स्वास्थ्य लाभको कामना समेत ब्यक्त गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम कार्तिक १७ गते गएको भुकम्पमा परेर १ सय ५६ जना बढीको मृत्यु भएको थियो भने हजाराै मानिसहरु घाइते भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार