होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगामा प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिता सूरू, नेता थापाले गरे उद्घाटन
देश/प्रदेश

बुढीगंगामा प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिता सूरू, नेता थापाले गरे उद्घाटन

  • नागरिक रैबार
बुढीगंगामा प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिता सूरू, नेता थापाले गरे उद्घाटन

नागरिक रैबार/बाजुरा १९ कार्तिक। बाजुराकाे बुढीगंगा नगरपालिकामा अन्तर पालिका स्तरीय प्रथम नगर प्रमुख कप भलिवल प्रतियोगिता सूरू भएकाे छ ।

बुढीगंगा नगरपालिकाकाे आयाेजनामा आजबाट सूरू भएकाे उक्त प्रतियोगिताकाे एक औपचारिकका विच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।

बडा दशैं तथा शुभदिपालीकाे अवसर पारेर आयाेजना गरिएकाे प्रतियाेगिता बडीमालिका क्याम्पस फालासैनकाे खेलमैदानमा भईरहेकाे छ ।

विज्ञापन

खेल क्षेत्रको विकासका लागि अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

सर्वाधिक धनराशी पुरस्कार राशी रहेकाे प्रतियाेगिता आज देखि २३ गतेसम्म संचालन हुने छ ।  प्रतियाेगितामा जिल्ला भित्रका पालिकाका साथै सुदूरपश्चिमका विभिन्न पालिकाबाट १६ वटा टिम सहभागि भएकाे नगरपालिकाले बताएको छ ।

प्रतियाेगितामा प्रथम पुरस्कार १ लाख ५७ हजार ७ सय ७७, द्वितीय १ लाख ७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ५७ हजार ७ सय ७७ प्रदान गरिने आयाेजकले बताएको छ ।

नगरप्रमुख रामबहादुर बानियाँकाे अध्यक्षतामा सूरू भएकाे उक्त प्रतियाेगितामा प्रमुख अतिथि एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथि एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश सभा सदस्य सन्ताेषी शर्मा थापा, एमाले जिल्ला कमिटी सचिव भरत थापा, काँग्रेस जिल्ला कार्य समिति सचिव तिलकराज पुरी लगायत रहेका थिए ।

उद्घाटन कार्यक्रममा त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापा, साँफेबगर नगरपालिका नगरप्रमुख राजेन्द्र कुँवर, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, त्रिवेणी उपप्रमुख कमला न्याैपाने, बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ लगायत रहेका थिए ।

बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्काले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकि थिईन् । कार्यक्रमकाे संचालन बुढीगंगा नगरपालिकाका विष्णु प्रसाद जैशीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार