होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराले स्वर्गिय चेतन अयडीको सम्झनामा आज स्मृति सभा गर्दै
समाचार

एमाले बाजुराले स्वर्गिय चेतन अयडीको सम्झनामा आज स्मृति सभा गर्दै

  • नागरिक रैबार
एमाले बाजुराले स्वर्गिय चेतन अयडीको सम्झनामा आज स्मृति सभा गर्दै

नागरिक रैबार/बाजुरा ४ म‌सिर।  नेकपा एमाले बाजुराले अनेरास्ववियुका स्वर्गिय नेता चेतन अयडीको सम्झनामा आज दिउसो स्मृति सभा गर्ने भएको छ । स्वर्गिय नेता अयडीको सम्झनामा पार्टी कार्यालय मार्तडीमा आज स्मृति सभा गर्न लागिएको सचिव भरत थापाले बताएका छन् ।

गत वर्ष भएको संघ र प्रदेश सभाको निर्वाचनको दिन मंसिर ४ गते चेतन अयडीको सामुहीक आक्रमण गरि हत्या गरिएको दाबी सहीत मुद्दा चलिरहेको छ ।

दिनको १ बजे पार्टी कार्यालयमा औपचारिक कार्यक्रम सहीत स्मृति सभा आयोजना गर्ने र श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम राखिएको पार्टी सचिव थापाले जानकारी दिएका छन् । एमालेको योद्धा भविष्य बोकेको युवाको सम्झनामा शोक सभा गर्ने र पार्टी संगठनमा पुर्याएको योगदानको चर्चा गर्ने उदेश्य राखिएको बताइएको छ ।

विज्ञापन

हत्यामा संलग्न भनिएकाहरु अझै फरार रहेको र सरकारले पक्राउ गर्न नसक्नुको कारण र त्यसका लागि न्यायलय र प्रहरी प्रशासनलाई दिनु पर्ने दबाबका बारेमा पनि कार्यक्रममा समीक्षा गर्ने तयारी एमालेले गरेको छ ।

त्रिवेणी नगरपालिका ७ को मतदान केन्द्रमा भएको कुटपीट पछि भागेर घरमा लुकेका अयडीलाई घर भित्रबाट निकालेर विभत्स हत्या गरिएको आरोप छ । तत्कालिन अनेरास्ववियुका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय प्राक कमिटीका अध्यक्ष समेत रहेका अयडीलाई हत्या भएको वर्ष दिन पुगेको छ ।

अयडी हत्या गरिएको यतिबेला अदालतमा मुद्दा चलिरहेको छ । हत्यामा संलग्न रहेको आरोपमा २२ जनाका नाममा मुद्दा चलिरहेको छ । ती मध्ये १२ जना पूर्वपक्षका लागि थुनामा छन् । परिवारको तर्फबाट सर्वस्व सहीत जन्मकैदा दाबी गरिएको छ ।

अमानवीय चरित्र देखाइ कुटीकुटी सामुहीक हत्या गरिएको भिडियो प्रमाणका रुपमा पेश गरिएको छ । कानुनी व्यवस्थापन अनुसार पनि कुटीकुटी हत्या गर्नेमा संलग्नलाई सर्वस्व सहीत जन्म कैद हुने व्यवस्था छ ।

चुनावको दिन नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता बीचको मत खसाउने विषयमा मतदान केन्द्रमा लफडा भएको थियो ।

कमजोर उपस्थिति रहेकोले चेतन अयडी लगायतलाई मतदान स्थलमै कुटपीट भएपछि ज्यान सुरक्षाका लागि घर भागेका थिए । सोही मतदान स्थलमा प्रहरीले गोली चलाउँदा नेविसंघका नेता सञ्जीव अयडीको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार